अल्पमतमा परेका १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
सरकारमा ५ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यनिकट स्रोतले जनाएको छ ।
मुख्यमन्त्री आचार्य निकट स्रोतका अनुसार आचार्यले ५ जना मन्त्री थप्न लागेका छन् । २ मन्त्री र ३ राज्यमन्त्री थप्नका लागि छलफल भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाकार देवेन्द्र कार्कीले बताए ।
नवनियुक्त मन्त्रीहरूलाई बुधवार नै शपथ गराउने कार्यक्रम समेत तय भएको सल्लाकार कार्कीले जानकारी दिए ।
मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको छ भने राज्यमन्त्रीका विषय...