नेपाली कांग्रेसको राजनीतिमा यतिबेला नयाँ पुस्ताले जबरजस्त रूपमा पुरानो पुस्ताको कार्यनीति, रणनीतिमा हस्तक्षेप थालेको छ । नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिकाको एउटा पछिल्लो उदाहरणका रुपमा महासमिति बैठकलाई लिइएको छ । महासमिति बैठकमा कांग्रेसको संस्थापन धार रक्षात्मक देखियो । संस्थापनइतरका धारभित्रबाट विभिन्न खालका एजेन्डा स्थापित भए । यद्यपि महासमिति म्यान्डेट केन्द्रीय समितिबाट अनुमोदन हुन्छ भन्नेमा धेरैलाई विश्वास […]