लुम्बिनीमा कठिन उत्सव सम्पन्न

काठमाडौँ,२० कार्तिक । वर्षावासमा बस्नुभएका भिक्षुलाई कठिन चिवर दान गरी लुम्बिनीमा कठिन उत्सव शनिबार सम्पन्न भएको छ । बौद्ध परम्पराअनुसार कठिन उत्सवमा भिक्षुहरू तीन महिना वर्षावासमा बसेर निस्किएपछि गरिने कठिन दानका लागि लुम्बिनीमा दुईदिने कठिन उत्सवको आयोजना गरिएको हो । लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महिना वर्षावासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत भिक्षु सङ्घलाई कठिन चीबर […]