कोरोना संकटमा वीरगन्जका होटल व्यवसायीको ५० करोड नोक्सान

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा दुई महिनामा पनि नहटेपछि वीरगन्जका होटल व्यवसाय संकटमा परेको छ । पहिलो चरणको कोरोना संक्रमणदेखि नै थला परेको होटल व्यवसाय दोश्रो चरणको कोरोना संक्रमण फैलिनु अघि लयमा फर्किने आशामा रहेका वीरगन्जका होटल व्यवसायीहरु दोश्रो लहरको कोरोना संक्रमणको चपेटमा पुनः पर्दा झण्डै ५० करोडको नोक्सानी भएको […]

सम्बन्धित सामग्री

भैरहवामा सञ्चालनमा आयो चार तारे होटल ल्याण्डमार्क

रुपन्देही । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा लगानी भने रोकिएको छैन । रुपन्देहीमा कोरोनाअघि निर्माण भएका तारे होटलहरु अहिले धमाधम खुलिरहेका छन् । स्थानीय व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका- ३ मा भौतिक संरचनामा मात्रै ५० करोड लगानी भएको चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा ल्याएका छन् । पर्यटन क्षेत्रमा फरक ब्राण्ड बनाएको सम्राट ग्रुपको व्यवस्थापनमा शनिबार उक्त […]

एक वर्षमा होटल तथा पर्यटन समूहको परिसूचक ११९ % बढ्यो

काठमाडौं । एक वर्षको अवधिमा होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ११९ दशमलव १९ प्रतिशत वृद्धि भएको छ । २०२२ जुलाई १३ मा २ हजार ६५० दशमलव ६८ रहेकोमा २०२३ जुलाई १३ मा बढेर ५ हजार ८१० दशमलव ०१ पुगेको छ । एक वर्षमै यस समूहका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरेका छन् । कोरोना महामारीको असर सकिएपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू नाफामा छन् । सोही कारण यस्ता कम्पनीहरूमा पनि लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन् । फलस्वरूप होटल तथा पर्यटन समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको हो ।  पछिल्लो एक वर्षमा समूहगत परिसूचक बढ्ने सूचीमा दोस्रोमा निर्जीवन बीमा समूह छ । सो समूहको परिसूचक एक वर्षमा ४० दशमलव ४४ प्रतिशत वृद्धि भएको छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएको छ । कतिपय कम्पनीले मर्जर गरेर तोकेको पूँजी पुर्‍याए भने केही हकप्रद शेयर र बोनस शेयरमार्फत योजनामा छन् । यस कारण पनि यस समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण परेको हो ।  १३ समूहगत परिसूचकमध्ये बैंकिङ् र लघुवित्त समूहको परिसूचक घटेको छ । बैंकिङ्ग समूहको परिसूचक ८ दशमलव ९० प्रतिशत र लघुवित्त समूहको ७ दशमलव ३३ प्रतिशत घटेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ९५ प्रतिशतसम्म विभिन्न कोषमा छुट्याउनु पर्ने प्रावधान ल्याएसँगै शेयर मूल्य ओरालो लागेको हो । त्यस्तै वाणिज्य बैंकको हकमा मर्जर तथा प्राप्तिपछि पूँजी धेरै छ भने लाभांशदर पनि घट्दै गएको छ । यस कारण लगानीकर्ताको रोजाईमा नपरेको देखिन्छ ।

लगानी सम्मेलन गर्दै पाँचखाल नगरपालिका, १५ अर्ब लगानी ल्याउने अपेक्षा

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणलगायत विविध कारण सम्मेलन लगातार चार वर्ष अनिश्चित भएको थियो । नगरले आर्थिक वर्ष २०८०/०८१ मा लगानी लम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ ।  सम्मेलनको अयोजना घोषणा गरेको नगरले कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म गर्न सकेको थिएन । 'चालू आवमा पनि गर्न भ्याइएन, अबको वर्ष जसरी पनि गर्ने बजेटसहितको योजना बनाउनेछौँ', नगरप्रमुख महेश खरेलले भने । लगानी सम्मेलनको चाहना त्यतिकै जाने हो की भन्ने डरमा थिए, पुनः नगरप्रमुख भएपछि त्यो चाहनालाई पूरा गर्नेतिर लागिरहेको उनले बताए ।       आव ०७६/०७७ मा कार्यपालिका बैठकले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटेपछि कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि त्यसयता लगानी सम्मेलनको योजना योजनामै सीमित भएको थियो । कोरोनाको तेस्रो लहरसम्मका कारण त्यसको असर नगरको अर्थतन्त्रमा परेका कारण गत वर्ष पनि गर्न नसकिएको खरेलले दुःखेसो पोखे ।  उनका अनुसार सम्मेलनमा लगानीकर्ताबाट रु १५ अर्बको लक्ष्य लिइएको थियो । खरेलले भने, 'यस वर्ष सम्मेलन गर्न सकिने वातावरण बन्दै गएको छ, यो वर्ष गर्ने नै योजना बनाएका हौँ, यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन थाल्नेछौँ ।' यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट विसं २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट रु १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका थिए ।  पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न अघिल्ला दुवै आवमा प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिनुभयो । उनले भने, 'पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका छौँ ।' सम्मेलनमा विशेष गरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउने योजनामा बनाइएको छ ।  पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्‍याइसकिएको तथा पुर्‍याउने काम अन्तिम चरणमा रहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्तावसमेत गरिने योजना बनाइएको छ । 'सम्मेलनमा स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिने योजना ल्याइसकेका छौँ', नगर प्रमुख खरेलले भने ।  सम्मेलनमा पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण अन्तिम चरणमा पुगेको, मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन भई हाल संसद्बाट विधेयकसमेत पारित भइसकेको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम अन्तिम चरणमा रहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’, महिला उद्योग ग्रामको प्रक्रिया थालिएको, एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलनको योजना बनाएको हो ।  खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी पनि लगानीको एउटा वैकल्पिक योजना हो । ग्रीन स्मार्ट–सिटी निर्माणका लागि सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी विकास कार्यक्रम आयोजना गर्न रु ५० करोड बजेट विनियोजन गरिएको छ । मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाललाई प्राप्त रु ५० करोड बजेटमा ५० प्रतिशत सडक क्षेत्रमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने छ ।  कोरोना जोखिमका कारण लगानी सम्मेलन गर्न नसकेपछि नगरले पछिला वर्ष लगानी भित्र्याउन विकल्पका रुपमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्न नगरले विभिन्न वित्तीय संस्थासँगको सम्झौतालाई अघि बढाएको थियो । नगरप्रमुख खरेलका अनुसार उद्यम गर्न चाहने स्थानीयका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउन वित्तीय संस्थासँगको सम्झौता गरिएकोे हो । 'लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमलगायत विविध कारणले थाँती रहे पछि साझेदारीमा वैकल्पिक योजनाको खोजी गरिरहेका थियौँ', नगर प्रमुख खरेलले भने ।  ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको हो । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने नगरको योजना छ । रासस

किन बढ्दैछ होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण ?

काठमाडौं । गत जेठ ११ गते होटल तथा पर्यटन समूहको परिसूचक ३ हजार ४३० दशमलव ८४ विन्दु थियो । त्यसको एक महीनापछि असार १२ गते (आज) यो समूहको परिसूचक ५ हजार ८३८ दशमलव ६२ विन्दुमा पुग्यो । यो एक महीनाअघिको तुलनामा ७० दशमलव १८ प्रतिशत बढी हो । पछिल्लो एक महीनामा सर्वाधिक बढ्ने परिसूचक यही नै हो ।  किन बढ्दैछ आकर्षण ? कोरोना महामारीपछि पर्यटन क्षेत्र विस्तारै उकासिन थालेपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू नाफामा छन् । सोही कारण यस्ता कम्पनीहरूमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन् । फलस्वरूप यो समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।  दोस्रोमा निर्जीवन बीमा समूह यो अवधिमा होटल तथा पर्यटनपछि निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक बढेको छ । अर्थात् यो अवधिमा होटल तथा पर्यटन समूहका कम्पनीपछि लगानीकर्ताको आकर्षण निर्जीवन बीमा समूहका कम्पनीमा छ ।  सो अवधिमा निर्जीवन बीमा समूहको परिसूचक ३६ दशमलव ०५ प्रतिशत वृद्धि भएको छ । जेठ ११ गते यस समूहको परिसूचक ८ हजार ४५२ दशमलव ६८ रहेकोमा त्यसको एक महीनापछि असार १२ गते ११ हजार ४९९ दशमलव ७९ विन्दुमा पुगेको छ ।  बीमा कम्पनीहरूले पूँजी वृद्धि गर्न थालेपछि यो समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो । बीमा कम्पनीहरूले पूँजी वृद्धिका लागि केहीले मर्जर गरेका छन् । मर्जरपश्चात पनि नियामक निकायले तोकेको चुक्ता पूँजी नपुगेका कम्पनीले भने अपुग रकम हकप्रद र बोनस शेयरमार्फत पुर्‍याउने भएका छन् ।  नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको रू. ५ अर्ब पुर्‍याउनु पर्छ ।

पर्यटन सहुलियत कर्जाको सीमा ५० करोड पु¥याउन हानको माग

होटल व्यवसायीहरूले कोरोना महामारीका कारण पर्यटन उद्योगको आर्थिक अवस्थामा सुधार नआएको भन्दै सहुलियत कर्जाको सीमा २० करोडबाट बढाएर ५० करोड रुपैयाँ पु¥याउन माग गरेका छन् ।कतिपय होटलले सहुलितय कर्जा प्राप्त गर्न नसकेको र कार्यान्वयन हुन नसकेकाले सहजीकरण गर्दै कार्यान्वयन भए वा नभएको अनुगमन गर्न निजी क्षेत्र सम्मिलित अनुगमन समिति बनाउ पनि उनीहरूको माग छ ।होटल […]

तस्वीर : ठमेलमा सञ्चालनमा आएको चारतारे चेन होटलको कोठा

काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा सञ्चालनमा आएको ‘रमदा इन्कोर’ चारतारे चेन होटलको कोठा । कोरोना महामारीका बीच २ अर्ब ५० करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको उक्त होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो ।  काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको उक्त नौ तले होटलभित्र दुई ओटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुई ओटा कन्फरेन्स हल रहेका छन् । होटलको छतबाट काठमाडौं उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ ।  तस्वीर : रासस

जनउत्थानको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष  बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ । रूपन्देहीको बुटवल उपमहानगर वडा–९ कालिकापथस्थित होटल न्यू इरामा आयोजित साधारणसभा कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा अपनाएर न्यून संख्यामा भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागी गराएर सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. मानबहादुर बिकेले कोरोनाको विषम परिस्थितिमा संस्थालाई परेको प्रभाव न्यूनीकरण गर्न नयाँ रणनीति तयार गरेर अगाडि बढ्न सुझाए । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव ०७६÷७७ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत पारित गरेको छ । आव ०७६/७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ७ करोड ९२ लाखको २.६० प्रतिशतले हुन आउने रकम नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, आव ०७६/७७ को असार मसान्तमा कायम  चुक्ता पुँजी ७ करोड ९२ लाखको ४९.४० प्रतिशतले हुने रकम ३ करोड ९१ लख २४ हजार ८०० बरावरको बोनस शेयर जारी गर्ने निर्णय साधारणसभाले पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत÷कम्पनी सचिव श्रीराम पोख्रेलले बताए । यस्तै, संस्थाको अधिकृत पुँजी १५ करोडबाट वृद्धि गरी ५० करोड पु¥याउने, राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नेलगायत निर्णय सर्वसम्मत पारित भएको संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले जानकारी दिए ।