एक वर्षमा होटल तथा पर्यटन समूहको परिसूचक ११९ % बढ्यो

काठमाडौं । एक वर्षको अवधिमा होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ११९ दशमलव १९ प्रतिशत वृद्धि भएको छ । २०२२ जुलाई १३ मा २ हजार ६५० दशमलव ६८ रहेकोमा २०२३ जुलाई १३ मा बढेर ५ हजार ८१० दशमलव ०१ पुगेको छ । एक वर्षमै यस समूहका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरेका छन् । कोरोना महामारीको असर सकिएपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू नाफामा छन् । सोही कारण यस्ता कम्पनीहरूमा पनि लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन् । फलस्वरूप होटल तथा पर्यटन समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको हो ।  पछिल्लो एक वर्षमा समूहगत परिसूचक बढ्ने सूचीमा दोस्रोमा निर्जीवन बीमा समूह छ । सो समूहको परिसूचक एक वर्षमा ४० दशमलव ४४ प्रतिशत वृद्धि भएको छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएको छ । कतिपय कम्पनीले मर्जर गरेर तोकेको पूँजी पुर्‍याए भने केही हकप्रद शेयर र बोनस शेयरमार्फत योजनामा छन् । यस कारण पनि यस समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण परेको हो ।  १३ समूहगत परिसूचकमध्ये बैंकिङ् र लघुवित्त समूहको परिसूचक घटेको छ । बैंकिङ्ग समूहको परिसूचक ८ दशमलव ९० प्रतिशत र लघुवित्त समूहको ७ दशमलव ३३ प्रतिशत घटेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ९५ प्रतिशतसम्म विभिन्न कोषमा छुट्याउनु पर्ने प्रावधान ल्याएसँगै शेयर मूल्य ओरालो लागेको हो । त्यस्तै वाणिज्य बैंकको हकमा मर्जर तथा प्राप्तिपछि पूँजी धेरै छ भने लाभांशदर पनि घट्दै गएको छ । यस कारण लगानीकर्ताको रोजाईमा नपरेको देखिन्छ । 

सम्बन्धित सामग्री

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

१२ मंसिर, काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, […]

काठमाडौँ महानगर र होटल संघले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिका र होटल संघ नेपाल (हान)ले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन्। होटल संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले आज काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल भएको हो। छलफलमा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजना प्रस्तुत गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ। काठमाडौँ महानगरपालिका र होटल […]

होटल र पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले होटल तथा पर्यटन व्यवसायलाई पनि उद्योग सरह मान्यता दिने बताएका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन माग राख्दै दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले यसमा आफू सकारात्मक रहेको बताएका हुन् । ‘होटेल तथा पर्यटन व्यवसाय’ लाई उद्योग सरह मान्यता दिनुपर्ने यसअघि पनि […]

मधेश प्रदेशले होटल र साहसिक खेलमा तोक्यो पर्यटन शुल्क, कुनमा कति ?

११ साउन, काठमाडौं । मधेश प्रदेशले अब होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटले होटल र साहसिक खेलमा पर्यटन शुल्क तोक्ने घोषणा गरेको छ । सोही अनुसार आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेको छ । तोकिएको दर अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक ५ हजार […]

सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।  पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उन

पर्यटन काज बिदा कार्यान्वयनमा ल्याउन होटल व्यवसायीको माग

२६ मंसिर, काठमाडौं । होटल व्यवसायीहरुले सरकारले बजेटमा घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यान्वयनमा जोड दिएका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा होटल संघ नेपाल (हान)ले सरकारको घोषणालाई कार्यान्वयन गर्न पर्यटन काज बिदा कार्यविधि पारित गरी अबिलम्ब कार्यान्वयनमा लैजान माग गरिएको छ । सो अवसरमा होटेल व्यवसायीले वातावरण संरक्षण ऐन अनुसार […]

सरकारको उदासीनताले होटल तथा पर्यटन व्यवसायको लगानी डुब्ने खतरा

पर्सा : सरकारको अव्यावहारिक नीतिले सीमा क्षेत्रको होटल तथा पर्यटन व्यवसायमा गरिएको अर्बौंको लगानी डुब्ने खतरा बढेर गएको छ। कोरोनाको कारण मात्र नभई नेपाल सरकारको अव्यावहारिक नीतिले पनि यहाँको होटल तथा पर्यटन क्षेत्रमा गरेको लगानी डुब्ने खतरा बढेर गएको हो।‘पर्यटन फष्टाउनका लागि पर्यटकको आगमन प्रमुख कुरा हो। यसमा नेपाल सरकार उदासीन छ’ होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले भने। विना परीक्षण सीमाबाट बग्रेल्ती मानिस आउजाउ भइरहँदा पर्यटकका सवालमा सरकार असहज वातावरण बनाउन उ

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

सरकारले दिएको सुविधा उपयोग गर्न होटल तथा पर्यटन व्यवसायीलाई आग्रह

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरका छन् । होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका हुन् । बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई […]