काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा सञ्चालनमा आएको ‘रमदा इन्कोर’ चारतारे चेन होटलको कोठा । कोरोना महामारीका बीच २ अर्ब ५० करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको उक्त होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो ।
काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको उक्त नौ तले होटलभित्र दुई ओटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुई ओटा कन्फरेन्स हल रहेका छन् । होटलको छतबाट काठमाडौं उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ । तस्वीर : रासस