बजेटमा पर्यटन व्यवसायीको मिश्रित प्रतिक्रिया : राहतले साना तथा मध्यमखाले पर्यटन व्यवसायीलाई उपेक्षा

काठमाडौं । सरकारले आगामी आर्थिक  वर्ष २०७८/७९ का लागि ल्याएको बजेटप्रति पर्यटन व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । आगामी आवको बजेटमा पर्यटन सम्बन्धमा गरिएका व्यवस्थाहरू समग्रमा सकारात्मक भए पनि कार्यान्वयन पक्ष कस्तो हुने भन्ने विषयले निर्धारण गर्ने पर्यटन व्यवसायीहरूले बताएका छन् । कतिपय व्यवसायीले भने सरकारको राहत कार्यक्रमले साना तथा मध्यमखाले पर्यटन व्यवसायीलाई सम्बोधन नै नगरेको गुनासो गरेका छन् । होटल एशोसिएशन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटनको राहतका लागि सकरात्मक देखिए पनि कार्यान्वयन कसरी हुन्छ र गरिन्छ भन्ने विषयले महत्त्व राख्ने बताए । शनिवार घोषणा गरिएको बजेटले १ महीनासम्मका लागि विदेशी पर्यटकलाई भिसा शुल्क नलिने, आन्तरिक पर्यटन प्रवर्द्धनमा १० दिनको पर्यटन काज दिने, होटललाई उत्पादनमूलक उद्योग सरह व्यवहार गर्ने लगायत पक्ष सकारात्मक भएको उनले टिप्पणी गरे । यसैगरी पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) अध्यक्ष खुमबहादुर सुवेदीले साना तथा मध्यम लगानी भएका पर्यटन व्यवसायीलाई बजेटले सम्बोधन नगरेको बताए । सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि २७ अर्ब ४७ करोड बजेट उपलब्ध गराएको छ । शनिवार सार्वजनिक गरिएको आगामी आवको बजेटमा आन्तरिक पर्यटन प्रवर्द्धनदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि १ महीना अवधिको पर्यटकीय भिसा निःशुल्क प्रदान गर्ने उल्लेख गरिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न निजामती, सार्वजनिक संस्थान वा प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने पनि उल्लेख गरिएको छ । कोरोना भाइरस (कोभिड– १९)बाट प्रभावित होटेल, ट्राभल,ट्रेकिङलगायत पर्यटन व्यवसायले आगामी आवमा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुरमा छूट दिने र स्वतः नवीकरण हुने व्यवस्था पनि गरिएको छ । यसैगरी कोभिडका कारण सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेशन सेन्टरको रूपमा सञ्चालन गरेमा सरकारले मापदण्डअनुसार रकम उपलब्ध गराउने पनि घोषणा गरेको छ । यसैगरी सरकारले नेपालका विभिन्न क्षेत्रलाई धार्मिक तथा साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसमा निजीक्षेत्रसँग सहकार्य गरिने बजेट वक्तव्यमा उल्लेख छ । चुरे तथा महाभारत शृंखलाका सम्भाव्य स्थानमा होटल, मोटल, रिसोर्ट लगायत शीतल आवास (हिलस्टेशन) निर्माण गर्न निजीक्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ । यस्तै माउन्टेनियरिङ, बञ्जीपम्प रक क्लाइम्बिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन, कायाकिङ लगायतका साहसिक पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्ने सरकारको तयारी छ । निजगढ विमानस्थलमा अन्तरराष्ट्रिय लगानीकर्ता छनोट सरकारले आगामी आर्थिक वर्षमा निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), लगानीको ढाँचा निर्धारणलगायतका कार्य गर्न अन्तरराष्ट्रिय लगानीकर्ता छनोट गर्ने घोषणा गरेको छ । आगामी आवको बजेट वक्तव्यअनुसार उक्त विमानस्थलको जग्गा अधिग्रहण, साइट क्लियरेन्स र निर्माणको पूर्वतयारीका सबै काम सम्पन्न गरिने उल्लेख गरिएको छ । यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, ट्याक्सी रनवे, पार्किङवे निर्माण र टर्मिनल भवनको स्तरोन्नति गर्न ६ अर्ब ९५ करोड विनियोजन गरिएको छ । यसैगरी पोखरा अन्तरराष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी आगामी आवमा सञ्चालन ल्याउन ८ अर्ब ५० करोड विनियोजन गरिएको छ भने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने र दोस्रो टर्मिनल भवन र अन्य पूर्वाधार बनाउन सरकारले ३ अर्ब ५३ करोड बजेट छुट्याएको छ । अन्य आन्तरिक विमानस्थल पनि स्तरोन्नति गर्ने सरकारको तयारी छ ।

सम्बन्धित सामग्री

नुवाकोटमा सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

नुवाकोट– जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनको अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै […]

अब सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

त्रिशूली (नुवाकोट), २८ फागुन । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको […]

नीति तथा कार्यक्रमबारे चन्द्र ढकालको प्रतिक्रिया- तुलनात्मक रूपमा सकारात्मक छ

सरकारले ल्याएको नीति तथा कार्यक्रम तुलनात्मक रूपमा सकारात्मक रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम तुलनात्मक रूपमा सकारात्मक रहेको प्रतिक्रिया दिए

‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । भोली शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् । एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए । ‘फिल्मको विषयवस्तु नयाँ छ […]

प्रिमियरमा ‘हिजो आजका कुरा’ लाई मिश्रित प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर गरिएको छ । बुधबार वान सिनेमा आइप्लेक्स नयाँ बानेश्वरमा आयोजित प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मलाई केहीले राम्रो बनेको बताउँदा, केहीले कथावस्तु मन परेको धारणा खो । केहीले भने फिल्म सिरियल जस्तो रहेको समेत प्रतिक्रिया दिएका थिए ।दीपकराज गिरी, केकी अधिकारी, रीस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको समेत सहभागिता रहेको प्रिमियरमा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म अभिनेता

प्रिमियरमा 'मन्त्र'लाई उत्साहजनक प्रतिक्रिया

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'मन्त्र'को प्रिमियर शो गरिएको छ। बुधबार राजधानीमा फिल्म तथा अन्य क्षेत्रका सेलिब्रेटीहरूको उपस्थितिमा प्रिमियर गरिएको हो। हिमाली भेगको प्रेम कथा भनिएको फिल्मले प्रिमिरयमा उत्साहजनक प्रतिक्रिया पाएको छ। फिल्मको कथा, छायांकन, पार्श्व ध्वनी, कलाकारको अभिनय सबै तारिफयोग्य रहेको फिल्म हेरिसकेपछि प्रतिक्रिया दिएका छन्। फिल्ममा साैगात मल्ल, दिया पुन, बुद्धि तामाङ लगायतका कलाकरको मुख्य भूमिका रहेको छ। फिल्म हेरिसकेपछि निर्

‘चिसो एष्ट्रे’ लाई प्रिमियरमा राम्रो प्रतिक्रिया

फिल्म ‘चिसो एष्ट्रे’ को मंगलबार प्रिमियर भएको छ । सिभिल मलको क्युएफएक्स सिनेमामा साँझ आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।  प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्म हेर्न अधिकांश सेलिब्रेटीले भने फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । केही सेलिब्रिटीले फिल्म हलिउड जस्तो लागेको समेत बताए ।प्रिमियरमा वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएक

बजेटको प्रतिक्रिया राम्रो आएको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रतिक्रिया चारैतर्फबाट राम्रो आएको बताएका छन्। आज बजेटमाथिको छलफलका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेटको प्रतिक्रिया सकारात्मक आएको बताएका हुन्।

नयाँ बजेटबारे बाबुरामको प्रतिक्रिया : नहुने चुनावको एमाले घोषणापत्र

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ सालको बजेटबारे प्रतिक्रिया दिँदै उनले नहुने चुनावमा एमालेको घोषणापत्र भएको समेत प्रतिक्रिया दिए ।नयाँ बजेट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भनेका छन् : ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बॉडेको देखियो।’उनले पपुलिज्मममा पनि कुनै सिर

कोरोना निको भइसकेका व्यक्तिमा खोपले कस्तो प्रतिक्रिया देखाउँछ?

खोप लगाइसकेपछि विभिन्न प्रतिक्रिया देखिनु सामान्य हो। ज्वरो आउने, टाउको दुख्नु भनेको त खोप लगाइसकेपछि शरीरले देखाउने प्रतिक्रिया हो। यसलाई सामान्य रुपमा नै लिनुपर्छ।