जनउत्थानको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष  बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ । रूपन्देहीको बुटवल उपमहानगर वडा–९ कालिकापथस्थित होटल न्यू इरामा आयोजित साधारणसभा कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा अपनाएर न्यून संख्यामा भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागी गराएर सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. मानबहादुर बिकेले कोरोनाको विषम परिस्थितिमा संस्थालाई परेको प्रभाव न्यूनीकरण गर्न नयाँ रणनीति तयार गरेर अगाडि बढ्न सुझाए । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव ०७६÷७७ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत पारित गरेको छ । आव ०७६/७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ७ करोड ९२ लाखको २.६० प्रतिशतले हुन आउने रकम नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, आव ०७६/७७ को असार मसान्तमा कायम  चुक्ता पुँजी ७ करोड ९२ लाखको ४९.४० प्रतिशतले हुने रकम ३ करोड ९१ लख २४ हजार ८०० बरावरको बोनस शेयर जारी गर्ने निर्णय साधारणसभाले पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत÷कम्पनी सचिव श्रीराम पोख्रेलले बताए । यस्तै, संस्थाको अधिकृत पुँजी १५ करोडबाट वृद्धि गरी ५० करोड पु¥याउने, राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नेलगायत निर्णय सर्वसम्मत पारित भएको संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले जानकारी दिए ।

सम्बन्धित सामग्री

प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।...

नेसनल लाइफको ३५ औं वार्षिक साधारणसभा सम्पन्न

नेसनल लाइफ कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।...

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

एनएमबी बैंकको २७ औं साधारणसभा सम्पन्न

एनएमबी बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।...

कुमारी बैंकको साधारणसभा सम्पन्न

बैंकका सञ्चालक समिति अध्यक्ष अमीरप्रताप राणाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।