किन बढ्दैछ होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण ?

काठमाडौं । गत जेठ ११ गते होटल तथा पर्यटन समूहको परिसूचक ३ हजार ४३० दशमलव ८४ विन्दु थियो । त्यसको एक महीनापछि असार १२ गते (आज) यो समूहको परिसूचक ५ हजार ८३८ दशमलव ६२ विन्दुमा पुग्यो । यो एक महीनाअघिको तुलनामा ७० दशमलव १८ प्रतिशत बढी हो । पछिल्लो एक महीनामा सर्वाधिक बढ्ने परिसूचक यही नै हो ।  किन बढ्दैछ आकर्षण ? कोरोना महामारीपछि पर्यटन क्षेत्र विस्तारै उकासिन थालेपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू नाफामा छन् । सोही कारण यस्ता कम्पनीहरूमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन् । फलस्वरूप यो समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।  दोस्रोमा निर्जीवन बीमा समूह यो अवधिमा होटल तथा पर्यटनपछि निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक बढेको छ । अर्थात् यो अवधिमा होटल तथा पर्यटन समूहका कम्पनीपछि लगानीकर्ताको आकर्षण निर्जीवन बीमा समूहका कम्पनीमा छ ।  सो अवधिमा निर्जीवन बीमा समूहको परिसूचक ३६ दशमलव ०५ प्रतिशत वृद्धि भएको छ । जेठ ११ गते यस समूहको परिसूचक ८ हजार ४५२ दशमलव ६८ रहेकोमा त्यसको एक महीनापछि असार १२ गते ११ हजार ४९९ दशमलव ७९ विन्दुमा पुगेको छ ।  बीमा कम्पनीहरूले पूँजी वृद्धि गर्न थालेपछि यो समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो । बीमा कम्पनीहरूले पूँजी वृद्धिका लागि केहीले मर्जर गरेका छन् । मर्जरपश्चात पनि नियामक निकायले तोकेको चुक्ता पूँजी नपुगेका कम्पनीले भने अपुग रकम हकप्रद र बोनस शेयरमार्फत पुर्‍याउने भएका छन् ।  नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको रू. ५ अर्ब पुर्‍याउनु पर्छ । 

सम्बन्धित सामग्री

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

१२ मंसिर, काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, […]

एक वर्षमा होटल तथा पर्यटन समूहको परिसूचक ११९ % बढ्यो

काठमाडौं । एक वर्षको अवधिमा होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ११९ दशमलव १९ प्रतिशत वृद्धि भएको छ । २०२२ जुलाई १३ मा २ हजार ६५० दशमलव ६८ रहेकोमा २०२३ जुलाई १३ मा बढेर ५ हजार ८१० दशमलव ०१ पुगेको छ । एक वर्षमै यस समूहका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरेका छन् । कोरोना महामारीको असर सकिएपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू नाफामा छन् । सोही कारण यस्ता कम्पनीहरूमा पनि लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन् । फलस्वरूप होटल तथा पर्यटन समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको हो ।  पछिल्लो एक वर्षमा समूहगत परिसूचक बढ्ने सूचीमा दोस्रोमा निर्जीवन बीमा समूह छ । सो समूहको परिसूचक एक वर्षमा ४० दशमलव ४४ प्रतिशत वृद्धि भएको छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएको छ । कतिपय कम्पनीले मर्जर गरेर तोकेको पूँजी पुर्‍याए भने केही हकप्रद शेयर र बोनस शेयरमार्फत योजनामा छन् । यस कारण पनि यस समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण परेको हो ।  १३ समूहगत परिसूचकमध्ये बैंकिङ् र लघुवित्त समूहको परिसूचक घटेको छ । बैंकिङ्ग समूहको परिसूचक ८ दशमलव ९० प्रतिशत र लघुवित्त समूहको ७ दशमलव ३३ प्रतिशत घटेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ९५ प्रतिशतसम्म विभिन्न कोषमा छुट्याउनु पर्ने प्रावधान ल्याएसँगै शेयर मूल्य ओरालो लागेको हो । त्यस्तै वाणिज्य बैंकको हकमा मर्जर तथा प्राप्तिपछि पूँजी धेरै छ भने लाभांशदर पनि घट्दै गएको छ । यस कारण लगानीकर्ताको रोजाईमा नपरेको देखिन्छ ।

बजार घटे पनि लगानीकर्ताको आकर्षण होटल तथा पर्यटन समूहका कम्पनीमा

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार (आज) पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६८ प्रतिशत अर्थात् १४ दशमलव ०५ अंक घटेर २ हजार ५० दशमलव ७८ विन्दुमा झरेको छ । गत सोमवारअघि लगातार ९ कारोबार दिन बढेको बजारमा पछिल्लो समय विक्रेता हाबी भएको देखिन्छ । सोही कारण बजार तीन दिनदेखि करेक्सनमै छ । बजार घट्दा पनि लगानीकर्ताको आकर्षण होटल तथा पर्यटन समूहका शेयरमा परेको छ । यस समूहका अधिकांश कम्पनीहरूको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।  ९ दिनमा बजार १९२ अंक बढेको थियो । यही बढेको मौकामा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार केही घटेको देखिन्छ । पछिल्लो समय तरलता सहज हुन थालेपछि सिडी रेशियो र अन्तर बैंक ब्याजदर निकै तल आइसकेको छ । यस कारण पनि शेयर बजारमा प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७८ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २७१ धितोपत्रको ८६ लाख ५१ हजार १६४ कित्ता शेयर ५९ हजार ८१३ पटकमा रू. ३ अर्ब ४९ करोड बराबरको कारोबार भएको छ । २७१ धितोपत्रमध्ये सिटी होटलको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६१ दशमलव ४० पुगेको हो । याे सूचीमा दोस्रोमा सोल्टी होटल छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ४४ प्रतिशत वृद्धि भएर रू. ४७० दशमलव ६० पुगेको छ ।  बुधवार सबैभन्दा बढी ग्रीन भेञ्चर्सका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ९८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयर मूल्य रू. ४५३ मा झरेको छ । यस दिन सर्वाधिक गुमाउनेको दोस्रो स्थानमा मेनछ्याम हाइड्रोपावरका शेयरधनी छन्को । कम्पनीको शेयर मूल्य ५ दशमलव ४८ प्रतिशत घटेर रू. २५५ दशमलव ४० कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २३ करोड बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५४५ दशमलव ५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. १९ करोड ३५ लाख बराबर शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ४ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । यस समूहका अधिकांश कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएकाले समूहगत परिसूचक बढेको हो । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत घटेको छ । बढेको बजारमा यस समूहका लगानीकर्ताले प्रोफिट बुक गरेसँगै समूहगत परिसूचक घटेको हो ।

किन बढ्दैछ होटल तथा पर्यटन समूहको शेयरमा लगानीकर्ताको आकर्षण ?

काठमाडौं । पछिल्लो केही दिनदेखि होटल तथा पर्यटन समूहको शेयरमा खरीदकर्ता आकर्षित हुन थालेका छन् । पाँच दिनमा यस समूहको परिसूचक १४ दशमलव १२ प्रतिशत बढेको छ । आइतवार यस समूहको परिसूचक ४ हजार १९२ दशमलव ३१ रहेकोमा बिहीवार ४ हजार ७८४ दशमलव ३५ पुगेको छ । होटल तथा पर्यटन समूहका कम्पनीको शेयर भोलुमसहित वृद्धि भएको छ ।  यस समूहका कम्पनीहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अर्थात् चैत मसान्तसम्म आकर्षक नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेका थिए । पर्यटक आगमनमा भएको वृद्धिसँगै समूहका कम्पनीहरूको नाफामा वृद्धि भएको हो । यसको प्रत्यक्ष असर कम्पनीका शेयर मूल्यमा परेको छ । यस समूहमा ६ कम्पनी छन् । चार ओटा होटल  र दुई ओटा केबलकार कम्पनीहरु यो समूहमा रहेका छन् ।  पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धिसहित यिनीहरुको व्यापारमा पनि वृद्धि देखिन थालेको छ । जसको प्रमाण तेस्रो त्रैमासको रिपोर्टले पनि देखाएको छ ।  कोभिड संक्रमणको कारण सबैभन्दा धेरै र सबैभन्दा लामो समयसम्म असर परेको क्षेत्रका भनेकै होटल तथा पर्यटन क्षेत्र थियो । सन् २०२० को शुरुवातसँगै करीब ३ वर्ष होटल तथा पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी थला परेको थियो । कोभिडको कारण प्रभावित भएको होटल तथा पर्यटन ब्यवसाय पछिल्लो समय  लयमा फर्किँदै छ । बाह्य पर्यटकहरुको सख्या पनि बढेका कारण लगानीकर्ताको आकर्षण बढेको लगानीकर्ता एस पी चौलागाईं बताउँछन् । यसोत यस समूहका कम्पनीको शेयर ट्रेडरहरुको रोजाइमा परेकाले पनि शेयर मूल्य बढेको चौलागाई बताउँछन् ।  पाँच कारोबार दिनमा ६ कम्पनीमध्ये सबैभन्दा बढी सिटी होटलको शेयर मूल्य ४६ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीको शेयर मूल्य आइतवार प्रतिकित्ता रू. १२२ दशमलव २ रहेकोमा बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १७८ दशमलव ७ पुगेको छ । यस कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि मात्रै कारोबारमा आएको हो । त्यस्तै दोस्रोमा कालिञ्चोक दर्शनको शेयर मूल्य ५ कारोबार दिनमा १८ दशमलव २२ प्रतिशत बढेर प्रतिकित्ता रू. ९१५ पुगेको छ ।

तीन महीनामा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं। तीन महीना अवधिमा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस समूहको परिसूचक गत फागुन २५ गते ३ हजार १ सय  ३० दशमलव ३४ विन्दुमा रहेकोमा जेठ २५ गते ४ हजार १३९ दशमलव ८६ विन्दुमा पुगेको हो । यस आधारमा यस समूहको परिसूचक ३२ दशमलव २५ प्रतिशत बढेको छ । गत फागुन २५ गते नेप्से परिसूचक २ हजार २ दशमलव ७० विन्दुमा थियो । जेठ २५ गते बिहीवार नेप्से परिसूचक १ हजार ९३९ दशमलव ६१ विन्दुमा रहेको छ । यसरी घटेको बजारमा पनि होटल तथा पर्यटन समूहका शेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । पर्यटकको आगमनमा भएको वृद्धिसँगै यस समूहका कम्पनीहरूको नाफामा वृद्धि भएको हो । यसको  प्रत्यक्ष असर कम्पनीको शेयर मूल्यमा  परेको छ ।  दोस्रोमा निर्जीवन बीमा समूहको परिसूचक १४ दशमलव २२ प्रतिशत बढेको छ । तेस्रोमा व्यापारिक समूहको परिसूचक १३ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ ।  त्यस्तै यो तीन महीना अवधिमा सबैभन्दा बढी बैंकिङ समूहका शेयरधनीले गुमाएका छन् । यस समूहको परिसूचक ८ दशमलव ५० प्रतिशत घटेको छ । त्यस्तै दोस्रोमा ‘अन्य’ समूहको परिसूचक ६ दशमलव शून्य ७ प्रतिशत घटेको छ । त्यसपछि लघुवित्त समूहको परिसूचक ५ दशमलव ६२ प्रतिशत घटेको छ ।

बैंकिङ र होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । नेप्से परिसूचक २ दशमलव २७ अंक अर्थात् शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ८८९ दशमलव ७३ विन्दुमा कायम भएको हो । यस दिन २६९ धितोपत्रको २१ लाख ७४ हजार ९१४ कित्ता २१ हजार ८५१ पटकमा रू. ७३ करोड ९६ लाख बराबर कारोबार भएको छ । बुधवारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । बुधवार रू. ८४ करोड बराबर शेयर खरीदविक्री भएको थियो ।  यो मूल्यमा लगानीकर्ताहरूले शेयर विक्री गर्न नचाहेको र खरीदकर्ता पनि खरीद गर्न पनि राजी नभएको देखिन्छ । त्यसैले बजारमा कारोबार रकम घट्दो क्रममा देखिन्छ ।  बिहीवार सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ८५ प्रतिशत वृद्धि भई रू. ७ दशमलव ७८ पुगेको छ । त्यस्तै दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ४०५ दशमलव ६० पुगेको हो ।  यस दिन एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य १० प्रतिशत घटेर रू. ९ मा झरेको छ । त्यस्तै दोस्रोमा ‘एनएमबि डिबेन्चर ८.५० ∞२०८७/८८’ नामक ऋणपत्रको मूल्य ९ दशमलव ५३ प्रतिशत घटेर रू. ८८६ दशमलव ६० कायम भएको हो ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एभरेष्ट बैंकले ओगटेको छ । कम्पनीको रू. ३ करोड ७६ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ताहरू आकर्षित भएको देखिन्छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ रूपैयाँ १० पैसा वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड २७ लाख बराबर कारोबार भएको छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य १ प्रतिशत बढेको हो ।  कारोबारमा आएका समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ८३ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव २८ प्रतिशत घटेको छ । बजार घटिरहँदा लगानीकर्ताको आकर्षण बैंकिङ समूहका कम्पनीहरूको शेयरमा परेको छ । सोही कारण बिहीवार सर्वाधिक कारोबार गर्नेमा पाँच ओटा वाणिज्य बैंक परेका छन् । बैंकिङ समूहका कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा  आएकोले पनि खरीदकर्ता आकर्षित भएको देखिन्छ ।

पर्यटन उद्योगमा अर्बौ चिनियाँ लगानी : सबै कारोबार गैरकानुनी

कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद छ। यसतर्फ समयमै नेपाल सचेत हुनुपर्छ। कोरोनापछि नेपालमा सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको पर्यटन क्षेत्रमा चीनको आकर्षण बिना कारण किन […]