मोरङ – नेपाली कांग्रेस प्रदेश १ मा सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगरमा बिहीबार संस्थापनइतरका नेताले केन्द्रीय सदस्यसमेत रहेका घिमिरेको नाममा सहमति बनाएका हुन्। केन्द्रीय सदस्य महेश आचार्यको निवासमा मीनेन्द्र रिजाल, डा. शेखर कोइराला, सुजाता कोइरालालगायतको बैठकले घिमिरेको नाममा संयुक्त सहमति बनाएका हुन्। घिमिरे मोरङ निवासी हुन्। प्रदेशको सभापतिका […]