लामो रस्साकस्सीपछि कांग्रेस प्रदेश १ मा सभापतिका लागि दुई वटा प्यानल बनेका छन् ।
प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । उनी दुईपटक झापा कांग्रेसको सभापतिसमेत बनिसकेका छन् ।
घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापतिसमेत हुन् । प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन् ।