प्रधानन्यायाधीश जबराले ओलीसँग पनि मागेका थिए मन्त्री

१८ असोज, काठमाडौं । मन्त्रालय भागवण्डामा भाग खोजेका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ । ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) र हाल लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतो […]

सम्बन्धित सामग्री

गजेन्द्र हमाललाई मन्त्री बन्नबाट प्रधानन्यायधीश जबराले रोक्न खोजेको खुलासा

काठमाडौं, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा जेठान नाता पर्ने गजेन्द्र हमाल मन्त्री बनेपछि विवादमा परे । हमालकी बहिनीसँग जबराले विवाह गरेका थिए । उनको २०४१ सालमा निधन भएपछि जबराले दोस्रो विवाह गरेका थिए । जेठी पत्नीको निधनपछि जबराको हमला परिवारसँग दूरी बढ्दै गयो । एकप्रकारको नातासम्बन्ध पनि रहेन । बाँके बर्दियाका जमिन्दारका सन्तान […]

“हमाललाई मन्त्री बनाउन मेरो कुनै संलग्नता छैन”

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभएको हो । “मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै …

मैले गजेन्द्र हमाललाई मन्त्री बनाउन सिफारिस गरेनः प्रधानन्यायाधीश जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले काँग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले सिफारिस नगरेको बताएका छन् । नेपाल बार एशोसियसनका प्रतिनिधिसँगको छलफलमा प्रधानन्यायाधीश जबराले हमाललाई मन्त्रीका लागि आफूले सिफारिस नगरेको बताएका हुन् । प्रधानन्यायाधीश जबराले हमाल नातेदार पर्ने र उनलाई मन्त्री नबनाउन काँग्रेस नेतृत्वलाई पटक पटक भनेको बारका अधिकारीसँग गुनासो गरेका थिए।

प्रधानन्यायाधीश नै संकटमा परेपछि मन्त्री हमालको राजीनामा

चाहे विधि पद्धतिका हिसावले गलत नै किन नहोस्, आफूले चाहेको कदम चाल्ने र त्यसले ज्यादा क्षति हुने देखे तत्काल पछि हट्ने प्रधानन्यायाधीश जबराको स्वभाव नै हो । दशैंलगत्तै आफूमाथि ज्यादै अप्ठ्यारो परिस्थिति आउने आँकलन गरेपछि जबराले हमालको राजीनामार्फत संकटमोचनको प्रयास गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले बोलाए न्यायाधीशहरूको पूर्ण बैठक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्। आजै मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। ‘आज उहाँले नियमित बैठक नै बोलाउनुभएको हो‚’ उनले भने‚ ‘दशैं बिदाको समयमा कसरी मुद्दाहरूमाथि सुनुवाई गर्ने भन्ने विषयमा छलफलको एजेण्डा मात्रै हो।’प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा आफ्नो कोटाबाट पनि मन्त्री बनाउनुपर्ने माग राखेको कुरा चर्चा छ। तर,

मेरो र न्यायालयकै बदनाम गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानन्यायाधीश राणा

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकामाथि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ । प्रधानन्यायाधीशले नै आफ्ना मान्छे मन्त्री बनाउन भाग खोजेको भन्ने समाचार बाहिरिएपछि प्रधानन्यायाधीश राणाले यस्ताे बताउनुभएकाे हाे ।  आज साेमवार यही विषयमा ध्यानाकर्षण गराउन राणालाई भेट्न पुगेका सर्वोच्च अदालत बार एसोसिएशनका पदाधिकारीसँगको छलफलमा उहाँले सर्वोच्चले संविधानअनुसार निष्पक्ष फैसला गर्दा चौतर्फी आक्रमण भइरहेको र त्यसैको सिलसिलामा मन्त्री नियुक्तिमा आफ्नो नाम जोडिएको बताउनुभएको हो । पछिल्लो समय ...

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च बारले भेट्ने

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले आकस्मिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएको छ । सरकार गठनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले पनि भागबण्डा मागेको समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले भेट्न लागेका हुन् । भेटमा प्रधानन्यायाधीश जबराले मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।