मेराे जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ भनेकाे छैन, नाता पर्नु दुर्भाग्य - प्रधानन्यायाधीश

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ । प्रधानन्यायाधीश समक्ष आज आइतवार नेपाल बार एसोसिएशनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभएको हो । ‘मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन’, प्रधानन्यायाधीश राणाले भनेको कुरालाई बैठकपछि पत्रकारसँग बारका महासचिव लीलामणि पौड्याल...

सम्बन्धित सामग्री

'म विवादमा आएँ, गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनु भनेको हो' : जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतलाई गजेन्द्र हमाललाई मन्त्री नबनाउन भनेको दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा प्रतिप्रश्नको जवाफ दिने क्रममा जबराले जेठान नाता पर्ने कांग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री नबनाउन भनेको बताएका हुन् ।

गजेन्द्र हमाललाई मन्त्री नबनाउन पहिल्यै प्रधानमन्त्रीलाई भनेको थिएँ: राणा

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्रीसँग मन्त्रिपरिषदमा भागवण्डा खोजेर सौदावाजी गरेको आरोप निराधार रहेको जवाफ दिएका छन्। महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले आफूले मन्त्रिपरिषद्‌मा भागवण्डा खोज्ने कुरा सोच्न पनि नसक्ने दाबी गरेका हुन्। राणाको सिफारिसमा २०७८ असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले राणाका जेठान नाता पर्ने गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री […]

प्रधानन्यायाधीलाई महाअभियोग लगाउन तयार छैन सत्तापक्ष

प्रधानन्यायधीश चालेन्द्रशमशेर जबराले मन्त्रीमा आफ्नो कोटा माग गरेको विषयसँगै न्यायालयभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एसोसियसन, कानुनविद्, कानुन व्यवसायी सबैले तत्काल जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । तर, जबरा स्वयं भने कसैले माग्दैमा राजीनामा नदिने अडानमा अडिक रहेका छन् । प्रधानन्यायधीशमाथि सर्वत्ररूपमा अहिले प्रश्न उठिरहेको छ ।सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा जबराको जेठान नाता पर्ने गजेन्द्र हमाललाई मन्त्री

अदालतमा आन्दोलन !

नेपालमा सबै क्षेत्रमा आन्दोलन, मारमुंग्री, जिन्दावाद मुर्दावाद हुने गरेकोमा अदालतमा चैं हुन सक्या थेन । सबैले आन्दोलन गरेको देखेर न्यायमूर्तिहरूलाई पनि आन्दोलन गर्न कम तलतल लागेको थिएन होला । के निहुँ पाऊँ र आन्दोलनमा जाऊँ भन्ने उनीहरूको रहर चोलेन्द्र श्रीमान्को पालामा पूरा भएको छ । शायद विद्यार्थी हुँदा ल क्याम्पसमा भेला भएर ढुंगा हानेको, टायर फड्काएको, रेलिङ भाँचेकोे अनुभव आफ्नो कार्यक्षेत्रमा उतार्न नपाउँदा हाम्रा क्रान्तिकारी वकिल तथा न्यायमूर्तिहरूमा साह्रैै छट्पटी थियो कि ? न्यायका नौ सिङ हुन्छन् भन्ने कुरा त शास्त्रमै लेख्या छ । यसपालि त न्यायमूर्तिहरूका सिङै पलाएछ कि क्या हो, कस्सिएर सिंगौरी खेल्न थालेका छन् । बारतिरका कालाकोटेहरूले र बेञ्चासीनहरूले पनि सिंङ तिखारेर हुक्काँ गरिरहेका छन् । जित्नेले नि हार्ने, हार्नेले नि हार्ने ‘पिरिक भिक्ट्री’ अर्थात् सर्वस्व गुमाएर प्राप्त जितका लागि रामशाहपथ कुरुक्षेत्रमा परिणत भएको छ । यता अदालतमा यत्रो आन्दोलन भैराछ । तर उता नेताहरू भने चुक्क बोल्दैनन् । हेर्नुस् त उनीहरूको दूरदर्शिता ! अदालतमा विचाराधीन आफ्ना र आफ्नाका मुद्दाको सवाल जो छ नि त ! अदालतमा बेथिति भयो रे भनेर १३ भाइ न्यायमूर्तिहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलाशमा समेत बसेनन् । भोलि सबै न्यायाधीशहरूले सामूहिक राजीनामा दिए भने के होला ? परिणाम जे भए पनि वीर गोर्खालीको ठाउँमा अब क्रान्तिकारी न्यायमूर्तिहरूको देश भनेर वकील र न्यायमूर्तिहरूले नेपालको नाम, इज्जत चाहिँ बढाउने नै भए । एउटा नेताको कारनामाले आधा भरिएको गिनिज बुक न्यायमूर्तिहरूको चमत्कारले पूरै भरिने पो हो कि ? आखिर देशमा गिनिज बुक भर्ने अभियान जो चलेको छ । पहिले सर्वसाधारणले भन्थे नकिनीकन न्याय पाइँदैन । पछि बारका वकिल साबहरूले पनि यसै भन्न थाले । हो कि होइन भनेर सर्वोच्चले रिसर्च नै गरायो, त्यसले झन् ठोकुवा नै ग¥यो बिचौलिया राज छ भनेर । अहिले त स्वयं न्यायमूर्तिहरूले नै यसो भन्न थाले । अब श्रीमान्हरूले नै भनेसि कसरी नपत्याउनु ? तर ककसले कति तिरे, कसरी तिरे पनि तथ्यांकसहित तोकेरै भन्द्या भए कथंकदाचित् अदालत जान परे खल्ती कत्तिको दरो चाहिन्छ भन्ने पूर्वजानकारी हुन्थ्यो नि ! यता अदालतमा यत्रो आन्दोलन भैराछ । तर उता नेताहरू भने चुक्क बोल्दैनन् । हेर्नुस् त उनीहरूको दूरदर्शिता ! अदालतमा विचाराधीन आफ्ना र आफ्नाका मुद्दाको सवाल जो छ नि त !   अदालतमा सेटिङ हुन्छ भन्ने कुरा पनि खुब आइराछ । हामीले त ‘सेटिङ’ र ‘म्याच फिक्सिङ’ खेलकुदमा हुन्छ भन्ने सुनेको हो । अदालतमा पनि हुँदो रेछ । अदालतमा बिचौलिया भन्ने पनि हुँदो रेछ । बिचौलिया भन्ने त जग्गा दलालीमा र तरकारी बजारमा पो हुन्छ भन्थे । मुम्बईमा झैं नेपालमा ‘दलाल स्ट्रीट’ भएन भनेर चुकचुक गर्नेहरूले नेपालमा पनि ‘दलाल स्ट्रीट’ पहिल्यैदेखि रहेछ भन्ने बल्ल थाहा पाए होला । अझ वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र पूर्व न्यायाधीशहरू भरतराज उप्रेती, रामप्रसाद श्रेष्ठ, न्यायाधीश हरिकृष्ण कार्कीहरूले त न्यायालयमा २९ किसिमका बिचौलिया छन् भनेर प्रतिवेदन नै पेश ग¥या रछन् । यी बिचौलिया भन्ने प्राणीहरूको अनुहार, जीउ, डाल कस्तो हुन्छ होला एकपटक यसो हेर्न पाए हुन्थ्यो नि श्रीमान् ? तर पनि, तथापि, भए तापनि, हुँदा हुँदै पनि, देखिए तापनि, यद्यपि, हुन त, तैपनि, न्याय क्षेत्रका सबैभन्दा बढी शक्तिशाली शब्द हुन् रे, चेसका मन्त्रीझैं जता पनि चाल्न मिल्ने । न्यायका नौ सिङ उमार्ने यिनै शब्दहरू हुन् भन्छन् जान्ने बु्झ्नेहरू । कोटका खल्तीबाट जन्मेका कतिपय कालाकोटेहरू न्यायमूर्ति भएपछि नेताका आदेशमा कति सिङ उमारिए कति । न्यायमूर्ति दलका, दल नेताका भएपछि न्यायालय दलदलमा त फस्नै नै भयो । त्यसमा पनि शेवदे, खप्रओ, माकुने, पुकदा, अनि कसको कसकोमा कोटा आबन्टन गरेपछि यस्तै त हो नि । रन्जित भैयाको किताबलाई विश्वास गर्ने हो भने त उत्तर, दक्षिण, पश्चिम, मध्यपूर्वकालाई पनि भाग छुट्याउने गरिएको पो छ कि के था ? पूजाआजा गर्दा सबै दिशातिरका लागि पुज्ने चलन पुर्खाले बसाएकै हुन् क्यार ! न्यायका नौ सिङ मात्र होइन, १२ पुच्छर र २७ प्वाल पनि हुन्छन् रे । नौओटै सिङमा फुर्को बाँध्नुपर्ने, १२ ओटा पुच्छर समात्नुपर्ने, अनि २७ ओटा प्वाल टालेर न्याय पाउन कम्ता पापड पेल्नु पर्दैन । पापड पेलाइबाट निस्कने तेल थाप्न कत्रो हानाथाप पर्दो रहेछ भन्ने कुरा त श्रीमान्हरूले भर्खर पो भन्दै छन् त । तर केइ छैन, अमेरिकामा ‘रिपब्लिकन नोमिनेटेड जस्टिस’ र ‘डेमोक्रेट नोमिनेटेड जस्टिस’ भनेर स्पष्ट कित्ताकाट गरिएको हुन्छ, हाम्रामा कम्युनिष्ट कांग्रेसलाई गरेजस्तै । बरु हाम्रामा अमेरिकी व्यवस्था लागू गरेको भए राजनीतिक प्रकृतिका मुद्दामा कस्तो फैसला आउँछ, पहिल्यै भन्न सकिन्थ्यो । २००९ अघिको बेलायतमा माथिल्लो सदन ‘हाउस अफ लड्र्सका’ सदस्य नै न्यायमूर्ति हुन्थे । अहिले त्यहाँ न्यायाधीश रिटायर्ड भएपछि संसद् सदस्य (ल लर्ड) हुन पाउने रहेछन् । बरु हाम्रो पनि राष्ट्रिय सभाका सदस्यबाटै न्यायमूर्ति बनाउने अनि रिटायर्ड भएपछि पुनः राष्ट्रिय सभाकै सदस्य हुन पाउने थिति बसाले संवैधानिक परिषद, न्यायपरिषद् सबैतिरको झमेला एकैचोटि तमाम हुन्थ्यो नि ! नाम जे परिषद् दिए पनि प्रत्यक्ष–अप्रत्यक्ष राजनीतिक दलहरूको बाहुल्य भएसि, उक्त परिषद्को बैठकमा नेताहरू नै बस्ने भएसि, नेताले नै न्यायमूर्ति छान्ने भएसि बेलायती थिति नै बेश होला कि ? जनताबाट पाएको मत अनुसार न्यायमूर्तिको भाग पाउने पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरे त बेलायती थितिभन्दा पनि अग्रगामी हुने थियो कि ? घ्यु खान कम्बल ओड्ने झन्झट पनि नपर्ने, सीधै घ्यु खान पाइने यो आइडिया छैन त गज्जब ? यी सबै कुराहरू थाहा पाइसकेपछि हिजोआज न्याय–अन्याय छुट्ट्याउने नीति हो कि नाता ? कि नोट हो भोट हो भन्ने कुरामा बडो द्विविधामा पो पारिदिए न्यायमूर्ति र कालाकोटधारीहरूले ।   पहिलेका शासकहरू पनि संविधान र कानूनभन्दा माथि हुन्थे रे । अहिले चैं न्यायालयका मानिस कानूनभन्दा माथि हुने रहेछन् । न्यायालय र श्रीमान्हरूको विषयमा त कुनै बदमासी भएको छ भने पनि त्यसबारे सेवा निवृत्त भइसकेपछि पनि केही लेख्न र बोल्न पाइँदैन भन्ने छ क्यारे ! त्यसैले मैले केही लेखेको वा बोलेको छैन है ! यहाँ आएका सबै कुरा त कि वकिल साबहरूले, कि न्यायमूर्तिहरूले भनेका कुरा वा रिपोर्टहरूमा आएका कुरा टिपोट गरेको मात्र हो । कुनै श्रीमान्ले कानूनी अपराध गरे पनि कारबाही गर्ने निकाय छैन । त्यसैले अब श्रीमान् मात्र होइन श्री ५, श्री ६ वा श्री कतिकति भन्न थाले कसो होला ? खैर, अहिले भने मलाई एउटा कुराले मात्र भित्र भित्रै पिरोलिरहेको छ । त्यो के भने रामशाहको पालामा ‘न्याय नपाए गोर्खा जानू’ भन्थे रे । रामशाह पथमा न्याय नपाइने थाहा पाएरै उनले ऊबेला गोर्खा गए मात्र न्याय पाइन्छ भनेको होला कि के होला हँ ? अब न्याय खोज्न रामशापथतिर जाने कि गोर्खा, तपाईंले पत्तो पाउनुभए मलाई नि खुसुक्क भन्नुस् है !

गजेन्द्र हमाललाई मन्त्री बन्नबाट प्रधानन्यायधीश जबराले रोक्न खोजेको खुलासा

काठमाडौं, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा जेठान नाता पर्ने गजेन्द्र हमाल मन्त्री बनेपछि विवादमा परे । हमालकी बहिनीसँग जबराले विवाह गरेका थिए । उनको २०४१ सालमा निधन भएपछि जबराले दोस्रो विवाह गरेका थिए । जेठी पत्नीको निधनपछि जबराको हमला परिवारसँग दूरी बढ्दै गयो । एकप्रकारको नातासम्बन्ध पनि रहेन । बाँके बर्दियाका जमिन्दारका सन्तान […]

“हमाललाई मन्त्री बनाउन मेरो कुनै संलग्नता छैन”

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभएको हो । “मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै …

'मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन'

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको बताएका छन् । आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताए ।  “मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा...

'देउवा खराब थिए,खराबै रहने पक्का भयो'

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग समेत भागबण्डा मिलाएको भन्दै  प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ । संविधानविद् भीमार्जुन आचार्यले समेत देउवाको पछिल्लो कदममाथि प्रश्न उठाएका छन् । उनले मन्त्रिपरिषद् विस्त

म प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको होइन: गजेन्द्र हमाल

काठमाडौँ- नवनियुक्त मन्त्री गजेन्द्र हमालले आफू प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको नभई कांग्रेसमै आफूले लामो समयदेखि योगदान गरेको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान नाता पर्ने हमाल राणाको कोटामा मन्त्री बनेको भनी आरोपित भएका थिए। ‘यो आरोपमा कुनै सत्यता छैन,’ मन्त्री नियुक्त भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहण गर्दै हमालले भने। सञ्चारकर्मीहरुले तपाईँ […]

पारिवारिक नाता सबैको हुन्छ, मेरो पनि हो : नवनियुक्त मन्त्री हमाल [भिडियो]

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको नातासम्बन्धलाई लिएर चर्चा भइरहेका बेला हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै नाता सबैको हुने संक्षिप्त प्रतिक्रिया दिए । मन्त्री हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् । शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका छन् ।