कानूनमन्त्री कार्कीलाई बोलाएर प्रधानन्यायाधीश जबराले हमाललाई मन्त्री नबनाउन भनेका थिए

काठमाडौं, २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्री बनेका गजेन्द्र हमालले दुई दिन नबित्दै पदबाट राजीनामा दिएका छन् । हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । तर, उनको नियुक्ती हुनुपुर्व नै सार्वजनिक रुपमा आलोचना भैसकेको थियो । खासगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम जोडेर उनको आलोचना भएको थियो । नाताले हमाल चोलेन्द्रका जेठान […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश विरुद्ध ९८ जना सांसदहरुले दर्ता गराए महाभियोग प्रस्ताव

फागुन १, काठमाडौं । प्रधानन्यायाधीश विरुद्ध ९८ जना सांसदहरुले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध विभिन्न राजनीतिक दलका सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । उक्त प्रस्ताव आइतवार बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको स्रोतले बताएको छ । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ९८ जना सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोग प्रस्तावमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदहरुले उक्त प्रस्तावमा हस्ताक्षर गरेको बुझिएको छ । नेपाल बार एशोसिएशनले जबराको राजीनामा माग गर्दै विगत केहि महीनादेखि आन्दोलन गर्दै आएको छ । जबराले राजीनामा दिनुपर्ने भन्दै उसले महाभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।

सर्वोच्च अदालतमा नेकपाको छायाँ ! दीपकराजलाई घरविदा

२० पुस, काठमाडौं । चोलेन्द्र समशेर जबराले आफू प्रधानन्यायाधीश बनेकै दिनदेखि सत्तारुढ नेकपालाई खुशी पार्ने खालका कामकारवाही गर्न थालेका छन् । चोलेन्द्र समशेर प्रधानन्यायाधीश बन्नुअघिसम्म कानूनमन्त्री भानुभक्त ढकालले न्याय परिषदको बैठक बहिस्कार गर्दै आएका थिए । …