आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी

दार्चुला - दार्चुला नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आउँदाे सोमबार हस्तान्तरण गर्ने भएको छ । नेपाली सेनाले झण्डै चार महिनाको प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरमा अत्यन्तै कडा र अप्ठ्यारो पहरो फोरेर बाटो निर्माण गरेको हो । महाकाली नदी ...

सम्बन्धित सामग्री

भारतीय बाटो हुँदै खलङ्गाको कुञ्चा व्याँस उक्लियो

दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ का व्याँसी सौका समुदायको कुञ्चा (बसाइसराइ) खलङ्गाबाट व्याँस पुगेको छ । सदरमुकाम खलङ्गाबाट भारतीय बाटो प्रयोग गरी व्याँसीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो ।

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

छ महिनाका लागि व्यास बसाइँ सरेका ब्यासी सौका समुदायको कुञ्चा (बसाइँसराइ) हिमाल (ब्यास) मा पुगेको छ । सदरमुकाम खलंगाबाट भारतीय बाटो प्रयोग गरी ब्यासीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो । एक साताको पैदल यात्रापछि जिल्लाको सर्वाधिक उचाइको बस्ती टिंकर गाउँमा स्थानीयको कुञ्चा पुगेको छ ।

भारतले बाटो नदिए पनि जोखिम मोलेर गणक टोली छाङरु र तिङ्करमा

भारतले राष्ट्रिय जनगणनाका लागि दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि बाटो नदिएपछि नेपाली टोली जोखिम मोलेर भए त्यसतर्फ पुगेको छ । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् । सजिलो बाटो र छिटो पुगिने भन्दै …

जनगणना टोलीलाई भारतले बाटो दिएन

दार्चुलाको ब्यास गाउँपालिका–१मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ । भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग गत २६ कात्तिकमा नै अनुमति मागेको भए पनि हालसम्म अनुमति नदिएपछि स्वदेशकै बाटो भएर टोली उक्त क्षेत्रतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । जनगणना कार्यालय दार्चुलाका सहायक जनणना अधिकारी र

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

९ साउन, काठमाडौं । भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए । नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले …

दार्चुुला–छाङरु घोडेटो निर्माण

टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने हालको अवस्था अन्त्य गर्न सुरु गरिएको दार्चुला–छाङरू घोडेटो बाटो निर्माणमा कठिनाइ भए पनि काम भने तीव्र रूपले अगाडि बढेको छ । नेपाली भूमि टिङ्कर र लिपुलेक पुग्न भारतको भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न दार्चुलाको व्यास गाउँपालिका घाँटीबगर क्षेत्रमा क्याम्प खडा गरी नेपाली सेनाले गत जेठ पहिलो सातादेखि सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाली भूमिबाट सडक बनाउने काम निकै जटिल भए पनि काम अगाडि बढेको छ भन्नुुभयो ।