व्यासमा भारी हिमपात, भारतीय बाटोको प्रयोग गरेर खलंगा झर्दै व्यासी सौका (फोटोफिचर)

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँमा हिमपात भएसँगै सौका समुदाय दार्चुला सदरमुकाम खलंगा झर्न थालेका छन् । आइतबार रातिदेखि हिमपात भएर गाउँमा हिउँ जमेको स्थानीय योगेश बोहराले जानकारी दिनुभयो । हिमाली क्षेत्र र डाडाकाडामा अत्यधिक हिउँ परेको छ । हिउँ पर्न थालेपछि चिसो निकै बढेको छ, स्थानीय बोहराले भन्नुभयो, चिसो बढेसँगै तिङ्करका स्थानीय बुधबार खलंगाका लागि प्रस्थान गरेका छन् । नेपालतर्फको तम्बाकु भीरमा बाटो नखुल्दा भारतीय बाटो हुँदै सौका समुदायको बसाईसराई (कुञ्चा) खलंगा झर्न लागेको हो । छाङरुको कुञ्चा भने मङ्सिर १९ गते मात्रै खलंगा झर्ने तयारी भएको स्थानीय जितसिह बोहराले बताउनुभयो । स्वदेशतर्फ बाटो नहुदा भारतीय बाटो हुँदै सदरमुकाम झर्न लागेका सौका समुदायको लागि सीमानाका खोल्ने सहमति भएको छ । गत चैत देखि नेपाल भारत सीमा नाका बन्द छन् । गत जेठमा पनि व्यासीहरु स्वदेशबाट गाउँ पुग्ने बाटो नहुदा भारतीय भूमी प्रयोग गरेरै छाङरु र तिङ्कर उक्लिएका थिए । नेपाल सरकारले नेपाली सेनामार्फत घाँटीबगरदेखि छाङरुसम्मको ५५० मिटर घोडेटो बाटो खुलाएको भएपनि तम्बाकु भीरमा बाटो नखुल्दा व्यासबासीले भारतकै बाटो प्रयोग गरेर सदरमुकाम आउनुपर्ने बाध्यता रहेको स्थानीय बिनोद तिकंरीले बताउनुभयो ।

सम्बन्धित सामग्री

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ।

उत्तरी गोरखामा भारी हिमपात

गाेरखा – उत्तरी गोरखामा भारी हिमपात भएको छ। बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए। “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।” उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली […]

सुदूरपश्चिममा भारी हिमपात जनजीवन प्रभावित, यातायात अवरूद्ध

बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बझाङ जिल्लालगायत बाजुरा, दाचुल्ला, बैतडी, डडेल्धुरा, डोटी सबै जिल्लामा हिमपात भएको हो । बिहीबार दिउँसोबाट पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात समेत सुरु भएको हो । वर्षासँगै जिल्लाका सबै क्षेत्रमा भने भारी हिमपात सुरु भएको छ । दुई वर्षपछि बझाङको सदरमुकाम चैनपुरमा समेत भारी […] The post सुदूरपश्चिममा भारी हिमपात जनजीवन प्रभावित, यातायात अवरूद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

कर्णालीमा पनि भारी हिमपात (फोटोफिचर)

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको ह

कर्णालीमा भारी हिमपात (फोटो फिचरसहित)

मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन । कर्णालीमा यो […]

अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात

काठमाडौं । संयुक्त राज्य अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात भएपछि आएको आँधीका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् । आँधीबाट हुन सक्ने क्षति न्युनिकरणका लागि ७० लाख सर्वसाधारणलाई सचेत गराएको छ । अमेरिकाको बोस्टन लगायत थुपै्र शहर आँधीको चपेटामा परेका छन् । दक्षिण फ्लोरिडाको ठाउँ–ठाउँका रुस ढलेकाले जनजीवन कष्टकर बन्नुका साथै बिजुली आपुर्ती […]

हुम्लामा भारी हिमपात (फोटो फिचर)

सिमकोट । हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित भएको ।

हुम्लामा भारी हिमपात [तस्वीरहरू]

हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ । बुधवार बिहानैदेखि हुम्लामा हिमपात भएको हो ।  हिमपातले हुम्लाको जनजीवन समेत प्रभावित भएको छ । तस्वीर : रासस

हेलम्बु क्षेत्रमा भारी हिमपात, सेर्माथाङ देखियो सेताम्मे

मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा भारी हिमपात भएको स्थानीय थिलेन ह्योल्मोले बताए। सेर्माथाङमा तीनदेखि चार इन्चसम्म हिउँ परेको उनले बताए। बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ। यस…