छ महिनाका लागि व्यास बसाइँ सरेका ब्यासी सौका समुदायको कुञ्चा (बसाइँसराइ) हिमाल (ब्यास) मा पुगेको छ । सदरमुकाम खलंगाबाट भारतीय बाटो प्रयोग गरी ब्यासीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो । एक साताको पैदल यात्रापछि जिल्लाको सर्वाधिक उचाइको बस्ती टिंकर गाउँमा स्थानीयको कुञ्चा पुगेको छ ।