भारतले बाटो नदिएपछि जनगणनाको टोली नेपाली भूमि हुँदै छाङरु र तिङ्करतर्फ, पुग्नै तीन दिन लाग्ने

काठमाण्डाै - भारतीय प्रशासनले बाटो नदिए पछि जनगणनाका लागि खटिएका टोली नेपाली भूमि हुँदै दार्चुलाको छाङरु र तिङ्कर हिँडेको छ ।  दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि जाने गणकहरुलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरु नेपाली भूमि हुँदै त्यसतर्फ गएका केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर पुग्न तीन दिन लाग्छ । भारतीय भूमि हुँदै भने एकैदिनमा पुगिन्छ ।  सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतस...

सम्बन्धित सामग्री

भारतले बाटो नदिए पनि जोखिम मोलेर गणक टोली छाङरु र तिङ्करमा

भारतले राष्ट्रिय जनगणनाका लागि दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि बाटो नदिएपछि नेपाली टोली जोखिम मोलेर भए त्यसतर्फ पुगेको छ । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् । सजिलो बाटो र छिटो पुगिने भन्दै …

कालापानीकाे छाङरुमा सशस्त्र प्रहरीकाे बीओपी तैनाथ

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णय अनुसार व्याँस गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरु दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको छ ।

https://gorkhapatraonline.com/featured/2020-05-13-14299

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णय अनुसार व्याँस गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरु दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको छ ।

ओडारमा बस्दै पुग्यौं, ४८ सयमा तिङ्करमा चौकी बनायौं

४८ वर्षअघि हतियारसहित कसरी कालापानी पुग्नुभयो ? तिङ्कर प्रहरी चेक पोस्टबाट छाङरु झरेर हाम्रो नियमित गस्ती हुन्थ्यो । भारतले मिचेको कालापानीमा ४८ वर्ष अघि हतियारसहित जाने पहिलो व्यक्ति म नै हुँ जस्तो लाग्छ । कालापानी हेर्ने जिम्मेवारी बोकेर कति वर्ष बस्नुभयो तिङ्करमा ? त्यहाँको वातावरण कस्तो थियो ? आवत जावत गर्न कुन बाटो प्रयोग गर्नुहुन्थ्यो ? तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले उत्तर र दक्षिणतिरको नेपाली भूमि मिचेर बनेका चीन र भारतका सुक्षा चौकी हटाएका थिए । तिङ्करमा भएको भारतीय प्रहरी चेक पोष्ट हटाएर त्यहाँ नेपाली सुरक्षा चौकी बनाउने कुरा थियो । त्यहाँ नेपाल प्रहरीको चेक पोष्ट स्थापना गर्न सरकारले त्यो बेला दुई हजार पाँचसय रुपियाँ बजेट दिएको थियो । त्यसले पुगेन । अनि मैले खल्तीबाटै खर्च गरेर भवन बनाउँदा चारहजार आठसय ४८ रुपियाँ लाग्यो । त्यो बेला मेरो तलब ३०४ रुपियाँ थियो ।