टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने हालको अवस्था अन्त्य गर्न सुरु गरिएको दार्चुला–छाङरू घोडेटो बाटो निर्माणमा कठिनाइ भए पनि काम भने तीव्र रूपले अगाडि बढेको छ ।
नेपाली भूमि टिङ्कर र लिपुलेक पुग्न भारतको भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न दार्चुलाको व्यास गाउँपालिका घाँटीबगर क्षेत्रमा क्याम्प खडा गरी नेपाली सेनाले गत जेठ पहिलो सातादेखि सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाली भूमिबाट सडक बनाउने काम निकै जटिल भए पनि काम अगाडि बढेको छ भन्नुुभयो ।