एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । एट्लेटिको र म्यानचेस्टरले १–१ गोलको बराबरी खेलेको हो । एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । एट्लेटिकोका जोआओ फेलिक्सले गोल […]