एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा एट्लेटिको मालोर्कासँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई जित दिलाउन भेडाट मुरिक्यूले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको मालोर्काका लागि मुरिक्यूले खेलको ६८ औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । जितसँगै मालोर्का रेलिगेसन जोनबाट माथि उक्लेको छ । लिगमा ३१ खेल खेलेको मालोर्काले २९ अंक जोडर आफूलाई १७ औं स्थानमा उकासेको छ । पराजित एट्लेटिको