एजेन्सी – ला लिगा प्रतिद्वन्द्वी रियल सोसिडाडसँग पराजित हुँदै एट्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । एट्लेटिको घरेलु टोलीसँग २–० ले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको हो । रिएले एरिनामा बुधबार राति भएको खेलमा घरेलु मैदानमा एट्लेटिकोलाई हराउन सोसिडाडका एडनान जानुजाज र एलेक्जेन्डर सोर्लाेथले पहिलो र दोस्रो हाफमा गोल गरे । […]