एट्लेटिको स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई १–० गोलले हराएर एट्लेटिको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । घरेलु टोली रायो भालेकानोमाथि जित निकाल्न एट्लेटिकोका लागि कप्तान कोकीले निर्णायक गोल गरे । प्हिलो हाफमा गोल रहित बराबरी खेलेको एट्लेटिकोका लागि उनले ४९औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । एट्लेटिको खेलको ८५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका एन्जल कोर