म्याग्दी – म्याग्दीमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा विजयी हुनुभएको छ । गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत ल्याउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्रीले १ हजार ४ सय २४ मत ल्याएका छन् ।