म्याग्दीमा नेपाली कांग्रेसका गर्बुजा निर्वाचित

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन् । उनले २४ हजार २१ मत प्राप्त गरे ।गर्बुजाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्री क्षेत्रीले एक हजार ४२४ मत प्राप्त गरे ।२०७४ को निर्वाचनमा म्याग्दीबाट नेकपा एमालेका भुपेन्द्रबहादुर थापा निर्वाचित भएका थिए ।