म्याग्दीबाट कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित

७ मंसिर, म्याग्दी । म्याग्दीमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा […]

सम्बन्धित सामग्री

नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता : अधुरा र अलपत्र योजना सम्पन्न गर्ने

म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरूले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनालाई छ महिनाभित्र सुरु गर्ने बताए ।“म्याग्दीमा विकास निर्माणका काम अलपत्र छन् । ठेकेदार साथीहरूलाई लुकाएर राखेका छन्”, उनले भने, “अबको छ महिनाभित्र यी अलपत्र योजनालाई तीव्रताका साथ कार्यान्वयन हुने वातावरण बनाउँछौँ

म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेदवार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन्।...

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

काठमाडौँ – एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तीन हजार ८३२ मतले पराजित गरेका हुन् । बुधबार सम्पन्न मतगणनामा कांग्रेसका गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् । भने नेकपा एमाले श्रेष्ठले २० हजार १८९ मत प्राप्त […]

म्याग्दीमा नेपाली कांग्रेसका गर्बुजा निर्वाचित

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन् । उनले २४ हजार २१ मत प्राप्त गरे ।गर्बुजाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्री क्षेत्रीले एक हजार ४२४ मत प्राप्त गरे ।२०७४ को निर्वाचनमा म्याग्दीबाट नेकपा एमालेका भुपेन्द्रबहादुर थापा निर्वाचित भएका थिए ।

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका गर्बुजा निर्वाचित

काठमाडौंः म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन्। नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले पराजित गर्दै गर्बजा निर्वाचित भएका हुन्। गर्बुजाले २४ हजार २१ मत र श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे। गर्बुजा २०७० र २०७४ मा एमालेका उम्मेदवारसँग पराजित भएका थिए।

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

म्याग्दी – म्याग्दीमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा विजयी हुनुभएको छ । गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत ल्याउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्रीले १ हजार ४ सय २४ मत ल्याएका छन् ।

म्याग्दीका दुई प्रतिनिधिसभाका उम्मेदवार गर्बुजा र श्रेष्ठ

म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ।

‘पर्ख र हेर’ को मनस्थितिमा म्याग्दीका पाका मतदाता

म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा (एमाले)का तर्फबाट पूर्वपार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएकाले यस पटकको निर्वाचन पेचिलो बन्ने विश्लेषण हुन थालेको हो ।  चुनावका लागि जिल्लामा उम्मेदवारहरु एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनीतिसहित चुनावी मैदानमा होमिएका छन् ।दुव

कांंग्रेस म्याग्दीको नयाँ कार्यसमितिको पदभार ग्रहण

म्याग्दी – नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित खमबहादुर गर्बुजा (खम्बिर)ले नेतृत्वमा रहेको नयाँ कार्यसमितिले पद तथा गोपनियताको शपथ ग्रहण भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा निर्वाचित जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले शपथ ग्रहण गराएका हुन् ।सहमति नभएका पदमा मतदानको प्रक्रियाबाट चुनिए पनि आन्तरिक एकतामा […]

१४ जिल्लामा काँग्रेसको नयाँ नेतृत्व : देउवा-पौडेलको पक्षमा कति कति ?

नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन् । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति थिए । छैटौं जिल्ला अधिवेशनमा नेत्रबहादुर महतसँग चुनाव लडेका गर्बुजा दोस्रो पटक सर्वसम्मत नेतृत्व दोहरिइने अवसर पाएका हुन्। योसँगै १४ जिल्लामा काँग्रेसको नयाँ