पर्वत : गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले उत्कृष्ट कृषि पुरस्कारका लागि आवेदन पेस गर्न आह्वान गरेको छ।प्रदेशभित्रका कृषक, कृषि फर्म वा कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूमध्येबाट उत्कृष्ट छनोट गरी चारवटा प्रदेश पुरस्कार र एउटा सर्वोत्कृष्ट पुरस्कार दिन लागिएको छ।ती पुरस्कारका लागि योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशन भएको ३० दिनभित्रमा सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निवेदन दिन सक्नेछन्।प्रदेशका उ