बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान, पुस २५ गतेभित्र दाबी गर्नुपर्ने

काठमाडौं। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरुलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका छन्। प्रदेशमा एउटा दलले बहुमत नल्याएपछि दुई वा दुईभन्दा बढी दलहरु मिलेर मुख्यमन्त्रीको दाबी पेश गर्न उनले आव्हान गरेका हुन्। उनले मुख्यमन्त्रीको लागि दाबी पेश गर्न पुस २५ गते अपरान्ह ४ बजेसम्मको समय दलहरुलाई दिएका छन्।

सम्बन्धित सामग्री

यहीँ पुष २५ गतेसम्म बागमती प्रदेश मुख्यमन्त्रीको दाबी पेश गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि समयसीमा तोकिएको छ । यहीँ पुष २५ गते सोमबारसम्म दाबी पेश गर्न समयसीमा तोकिएको हो । मुख्यमन्त्रीको लागि बहुमतको समर्थनसहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न सूचनामार्फत निर्देशन दिइएको छ । सूचनामा भनिएको छ, ‘बागमती प्रदेशमा मुख्यमन्त्री दाबीका लागि कुनै पनि […]