दुई महानगरपालिका र चार उपमहानगरपालिकामा जसपाको दाबी

जनता समाजवादी पार्टी नेपालले दुईवटा महानगरपालिका र चारवटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्ने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि गृहकार्य भइरहेको अवस्थामा जसपा नेपालले यस्तो दाबी गरेको हो ।जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार ६ वटा महानगरपालिकामध्ये दुईवटा नगरपालिकाको प्रमुख पद जसपा नेपालले चाहेको हो । जसपाले यसअघि जितेको वीरगञ्ज महानगरपालिकामा फेरि पनि प्रमुख पदको दाबी कायमै राखेर अर्को एक महानगरमा दाबी गर्ने उनको भनाइ छ । यद्यपि वीर

सम्बन्धित सामग्री

अतिक्रमित संरचना हटाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ,६ पुष । काठमाडौँ महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ । महानगरपालिका नगर प्रहरीले आजदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिनुभयो । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस […]

सुकुम्वासीले घेरे काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएकाहरु एकजूट भई महानगरपालिका घेर्न पुगेका हुन । सुकुम्वासीहरु ठूलो संख्यामा रहे पनि नेपाल प्रहरी भने मुकदर्शक बनेको छ । माथिको आदेश भन्दै प्रहरीले महानगरपालिकालाई […]

अब भक्तपुरलाई 'महानगरपालिका' बनाउँछौंः महेश बस्नेत

'महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन्,' उनले भने, 'अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो। जनताको जीवनस्तर उच्च ...

काठमाडौं महानगरपालिका च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बुधबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांसयसहित गोकर्णेश्वर नगरपालिका दोश्रो […]

महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी

काठमाडौं, चैत २ । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि […]

महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी

सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ ।चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएको हो ।स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरू विभाजित भएकाले एक्लै चुनाव जित्न नसक

ललितपुर महानगरलाई पशु कल्याणमैत्री महानगरपालिका बनाइने

काठमाडौं । ललितपुर महानगरपालिकालाई पशु कल्याणमैत्री महानगरपालिका बनाउने कामको शुरुवात गरिएको छ । गैरसरकारी संस्था स्नेहाज केयरले ललितपुर महानगरपालिका र सडक बिभागसंगको सहकार्यमा यस्तो अग्रसरता देखाएको हो । जस अनुसार महानगरभित्रका जेब्रा क्रसिङमा पशुको खुरको आकृति बनाई सवारी चालकलाई सचेत बनाइने छ । सडक दूर्घटनामा दैनिकजसो ३० देखि ३५ वटा जनावर मर्ने गरेकाले चालकहरुलाई सचेत […]