शशांक कोइरालाले छोडे सभापतिको दाबी

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् । मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् ।पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाको भनाइ छ । ‘मैले दाबी छोडेँ। रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ,’ सञ्चारकर्मीसँग कोइरालाले भने । तर अरू मिले पौडेलले पनि सभापतिको दाबी छाड्ने सङ्केत देखाएको महामन्त्री कोइरालाले बताए । ‘अरू मिले उहाँ &nbs

सम्बन्धित सामग्री

प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ । पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला । महामन्त्री […]

पौडेल समूहका केन्द्रीय सदस्यहरुको प्रस्ताव : सभापतिको उम्मेदवार हामी छान्छौं

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरुले सभापतिको उम्मेदवार टुंगो लगाउने अधिकार आफूहरुलाई दिन आकांक्षीहरुलाई आग्रह गरेका छन् । सभापतिका आकांक्षीहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति जुट्न नसकेपछि बिहीबार विहान केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । एक नेता भन्छन्, ‘यदि तपाईंहरुबीच सहमति जुट्दैन भने हामीलाई […]

सभापतिको दौडबाट बाहिरिए शशांक, रामचन्द्रले लगाए दाउ

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापतिको दौडबाट आफैं अलग भएका छन् । यससँगै अब रामचन्द्र पौडेल समूहमा पौडेलससँगै प्रकाशमान सिंह र शेखर कोइराला सभापति उम्मेदवारको दावेदार छन् । यद्यपि नेताहरुले भोलि बुधबारसम्म यो समूहबाट सभापतिको एक मात्र उम्मेदवार अघि सार्ने दाबी गरेका छन् । १४औं महाधिवेशनको उद्घाटन समारोह २४ मंसिरमा काठमाडौंमै […]

सभापतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुरू

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष पार्टीको १४औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा बैठक शुरू भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच सोमबार भएको छलफल टुंगोमा नपुगेपछि मंगलबार पुनः बैठक बोलाइएको हो । यी […]

सभापतिको उम्मेदवार छान्न पौडेल समूह जुट्यो, युवा नेता पनि छुट्टै छलफलमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेक

एकमात्र सभापतिको उम्मेदवार बनाउने पौडेल समूहमा सहमति

काठमाडौँ– पौडेल समूहमा एकमात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ । कांग्रेसको १४ औं महाधिवेशन आउन केही दिनमात्र बाँकी रहेका बेला संस्थापन इतर समूहका सभापतिका आकांक्षी नेताहरुबीच सोमबार साँझ छलफल भएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहाटारमा पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल […]

शेखर दा’लाई सभापति उठाउने वचन दिएको छैन, म आफैं अघि बढिसकेँः शशांक कोइराला

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउन आफूले कुनै वचन नदिएको दाबी गरेका छन् । प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ र नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, “हामीबीचमा कुराकानी भएको हो । शेखर […]

सभापतिको दौडबाट पछि हट्दिन : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन्। शनिबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन्। उनले भने, “हैन...

शशांक कोइराला भन्छन्– म, निधि र प्रकाशमानमध्ये एक सभापतिको उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एकले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टीको नेतृत्व हस्तान्तरण हुने बेला आएकाले नयाँ पुस्तालाई दिनुपर्ने बताएका हुन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।