स्वयम्भूस्थित बौद्ध बजार प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार गरेको अनुगमनका क्रममा एमआरपी भन्दा बढी लिएको फेला परेपछि कारबाही गरेको हो ।
मार्टले अधिकांश उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने गरेको अनुगमनका क्रममा फेला परेको छ । पछिल्लो समय बजारमा खाद्य वस्तुको मूल्यमा वृद्धि भएको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेका बेला थोक बिक्रेताले खाद्य वस्तुको मूल्य बढाएका हुन् ।