कोरोना कहरमा मौलाउँदै कालोबजारी

कोभिड–१९ अर्थात् कोरोना महामारीको यस्तो सङ्कटको समयमा हरेक क्षेत्रमा दिनप्रतिदिन कालोबजारी बढ्दै गइरहेको छ । कोरोना महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छटपटाइरहेको यस्तो सङ्कटको समयमा समेत कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरू सक्रिय रूपमा लागिपरेका छन् ।कोरोना महामारीले ज्यान जोगाउनसमेत धौधौ परेको समयमा मानवता हराएका, मानवीय संवेदना हराएकाहरूको असली रूप हाल बजारमा […]

सम्बन्धित सामग्री

खाद्य व्यवस्था कम्पनी बाजुरामा सकियो मौज्दात चामल

जेठ ८, बजुरा । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ । महामारीको कहरमा निषेधाज्ञामा चामल विक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए । कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल विक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको चामलसमेत सकिएको प्रमुख ओझाले जानकारी दिए ।   खाद्यमा चामल सकिएको दुुई दिन भएको र अहिले विक्री गर्न चामल नरहेको प्रमुख ओझाले स्वीकार गरे । जिल्ला कारगारमा रहेका कैदीलाई खाना खुवाउनका लागि चाहिने ५० क्विन्टल चामलमात्र रहेको र सर्वसाधारणलाई विक्री गर्न मौज्दात चामल नभएको उनी बताँछन् । सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ । साँफे–मार्तडी सडकको अवस्था नाजुक भएकाले वर्षा आउन रोकिएपछि एक साताभित्र चामल मार्तडीमा आइपुग्ने ओझाले दिए ।  खाद्य संस्थानका लागि तीन हजार ५०० क्विन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगरबाट आउन लागेको भए पनि बाटोको समस्याका कारण रोकिएको छ । संस्थानले मोटो चामल प्रतिकिलो रू. ४५ र जिरा मसिनो प्रतिकिलो रू. ६६ मा विक्री गर्दै आइरहेको थियो ।  कोल्टी र कवाडीमा चामल यथावत् जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको कोल्टी शाखा र विक्री केन्द्र कवाडीमा भने चामलको मौज्दात यथावत् रहेको शाखाले जानकारी दिएको छ । कोल्टीमा खाद्य संस्थानमा हाल एक हजार १०० क्विन्टल चामल विक्री नभएको शाखाप्रमुख नवीन आचार्यले बताए ।  निषेधाज्ञामा  चामल  अभाव नहुने आचार्यको भनाइ छ । अहिले एक हजार १०० क्विन्टल यथावत् छ भने ९० क्विन्टल सुर्खेतबाट आइसकेकाले कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले जानकारी दिए ।  यस्तै हिमाली गाउँपालिकाको कवाडीमा समेत चामल मौज्दात रहेको शाखाप्रमुख  आचार्यले बताए । कोल्टीबाट कवाडीका लागि एक हजार क्विन्टल पठाइसकेकाले केही मौज्दात रहेको आचार्य बताउँछन् ।   खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा चामलका लागि धाइरहेका छन् । खुलेआम कालोबजारीभन्दा पनि व्यापारीले अघोषितरुपमा चामलमात्र नभई दैनिक उपभोग्य सामानमा कालोबजारी गरिरहेको नागरिक समाजका अगुवा बताउँछन् । जिल्ला प्रशासन कार्यालयले कालोबजारी नियन्त्रण गर्नका लागि अनुुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । उनले कालोबजारी गरेको नभेटिएको उजूरी  नआएकोे भए पनि बजारमा  खाद्य सामग्रीको मूल्यवृद्धि भइरहेको मौखिकरुपमा जानकारी आउने गरेको जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालयले बजारमा खाने तेलको मूल्यभन्दा बढी मूल्य लिने पाँच व्यापारीलाई पक्राउ गरी कारबाही गरेको सहायक प्रजिअ भण्डारीले बताए । रासस