अक्सिजन सिलिन्डिरको कालोबजारी

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामारीले अक्सिजन अभाव भइरहँदा कालोबजारी शुरु भएको छ । अक्सिजन सिलिन्डरको कालोबजारी शुरु भएको छ । विगतमा ६ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर ३० हजार भन्दा बढी रकममा कालोबजारी हुन थालेको हो । अक्सिजनको अभावमा धमाधम कोरोना संक्रमितको मृत्यु हुनलाग्दा सिलिन्डरको अभाव भइरहेको छ । सिलिन्डरको अभाव बढेपछि कालोबजारी […]

सम्बन्धित सामग्री

देशभर १० हजार ६९६ अक्सिजन सिलिण्डर मौज्दात, कालोबजारी गर्ने सातजनामाथि कारवाही

काठमाडौं। गृह मन्त्रालयले देशभर १०,६९६ वटा अक्सिजन सिलिण्डर मौज्दात रहेको जनाएको छ। मन्त्रालयले अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन जेठ १९ गते देशका १८९ स्थानमा अनुगमन गर्दा सो सङ्ख्यामा सिलिण्डर मौज्दात पाइएको हो। अनुगमनका क्रममा अक्सिजनको वितरण र बिक्रीमा कालोबजारी गर्ने सातजनामाथि कारवाही गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सामग्रीलगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

काठमाडौं। स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक वस्तुको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ। अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका सामाग्री उनीहरूले कालोबजारी गरेको प्रहरीले जनाएको छ। उनीहरूमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ।

कालोबजारी रोक्न निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा हुने कालोबजारी रोक्न मातहतका प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। पीपीई, अक्सिजन सिलिन्डर, मास्क, अक्सिमिटर लगायतका स्वास्थ्यसामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरुको कालोबजारी रोक्न उनले निर्देशन दिएका हुन्। वैशाख महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम उनले यसको लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय राखी काम गर्न भनेका छन्।

अक्सिजन सिलिन्डर कालोबजारी गर्ने तीन पक्राउ

अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल विश्वभर महामारीको रुपमा फैल

१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने ३ जना पक्राउ

अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ललितपुरमा अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो।

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर किन्न सर्वसाधारण त्यसैले बढी पुग्ने गरेका हुन् । यो मौकाको फाइदा उठाउँदै पर्साको वीरगन्जमा एक औषधी व्यवसायीले कालोबजारी गरी सर्वसाधारणलाई ठगी गरेको पाइएको हो । पर्सा प्रहरीले उनलाई पक्राउ गरेपछि वास्तविकता […] The post अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

व्यापारीले लुकाउन थाले अक्सिजन सिलिन्डर

काठमाडौं। अक्सिजन सिलिन्डरको माग बढ्न थालेपछि व्यापारीले लुकाउन थालेका छन्। कालोबजारी गरेर महंगो मूल्यमा बेच्न व्यापारीले सिलिन्डर नै लुकाउन थालेका हुन्। यही वैशाख २३ गते धनगढीको एक गोदामबाट ६० वटा सिलिन्डर बरामद गरिएको थियो। यसैगरी, आज प्रहरीले उपत्यकाबाट ६ हजार वटा सिलिन्डर जफत गरेको छ। व्यापारी, सर्वसाधारणको घर र उद्योगमा बिनाप्रयोजन राखिएको ती सिलिन्डर प्रहरीले जफत गरेको हो।

व्यापारीले लुकाउन थाले अक्सिजन सिलिन्डर

काठमाडौं। अक्सिजन सिलिन्डरको माग बढ्न थालेपछि व्यापारीले लुकाउन थालेका छन्। कालोबजारी गरेर महंगो मूल्यमा बेच्न व्यापारीले सिलिन्डर नै लुकाउन थालेका हुन्। यही वैशाख २३ गते धनगढीको एक गोदामबाट ६० वटा सिलिन्डर बरामद गरिएको थियो। यसैगरी, आज प्रहरीले उपत्यकाबाट ६ हजार वटा सिलिन्डर जफत गरेको छ। व्यापारी, सर्वसाधारणको घर र उद्योगमा बिनाप्रयोजन राखिएको ती सिलिन्डर प्रहरीले जफत गरेको हो।

अक्सिजनको कालोबजारी भइरहेको भन्दै गलत कुरा फैलाएको आरोपमा एक युवक पक्राउ

धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का रहेका छन् । धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झुटो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक […]

नेपालमा अक्सिजन उत्पादन प्रयाप्त, कालोबजारी भयो भने मात्र अभाव हुने

काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रतिमिनेट एक हजार लिटर अक्सिजन उत्पादन गरिरहेको छ। दुईवटा अक्सिजन प्लान्टबाट एक मिनेटमा एक हजार लिटर अक्सिजन उत्पादन भइरहेको अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. सन्तकुमार दाशले बताए। त्रिविमा रहेको एक हजार लिटर क्षमताको अक्सिजन प्लान्ट भने एक वर्षदेखि बिग्रिएर थन्किएको छ। त्यो बनेको खण्डमा त्रिविले बाहिर अरूलाई पनि अक्सिजन दिन सक्छ।