रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गर्ने पक्राउ

काठमाडौं, २४ बैशाख । रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका(४ घर भएका २५ वर्षीय रफिक मिया बिहीबार पक्राउ परेका हुन् । हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा […]

सम्बन्धित सामग्री

हेटौंडामा मास्क कालोबजारी गर्ने ३ जना पक्राउ

हेटौंडा : मास्क कालोबजारी गर्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।सर्जिकल मास्कको मूल्य बढाएर बेच्ने फार्मेसी सञ्चालकहरूलाई मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको हो।पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सोही स्थानमा रहेको सम्पूर्ण फार्मेसीका सजिता पोख्रेल रहेका छन्।यसअघि मकवानपुर प्रहरीले मंगलबार पनि मास्कमा कालोबजारी गर्ने २ जनालाई पक्राउ गरेको थियो।सर्जिकल मास्कको मूल्य अत्यधिक बढाएर&n

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ।

मास्कमा कालोबजारी गर्ने २ जना पक्राउ

हेटौंडा : सर्जिकल मास्क महँगोमा बेच्ने  फार्मेसीका सञ्चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।सर्जिकल मास्कको मूल्य बढाई कालोबजारी गरेको भन्दै मकवानपुर प्रहरीले फार्मेसी सञ्चालक चिकित्सकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा हेटौंडा–१ स्थित अन्सारी फार्मेसीका सञ्चालक डा. साजित अन्सारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेका छन्। सर्जिकल मास्क १० रुपैयाँमा बेचेर कालोबजारी गरेको भन्दै उपभोक्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दिएको उजुरीका आधारमा प्रशासनले निर्देशन दिएप

हेटौँडामा मास्कको कालोबजारी गर्ने दुई जना औषधि व्यवसायी पक्राउ, एक फरार

कोरोना महामारीको संकटमा पनि मास्कमा कालोबजारी गर्ने हेटौंडाका दुई औषधि व्यवसायी पक्राउ परेका छन्।

औषधि कालोबजारी गर्ने एकजना पक्राउ

मोरङ। औषधि कालोबजारी गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रविकुमार रजकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको प्रहरीले जनाएको छ। उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

अक्सिमिटरको कालोबजारी गर्ने ७ जना पक्राउ

काठमाडौं, २९ बैशाख । अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका बायोप्लस फर्मा कुलेश्वरका […]

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

धनुषा। पल्स अक्सिमिटरको कालोबजारी गरेको आरोपमा बिनिता सर्जिकल स्टोरका सञ्चालक भुपनारायण शाहलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुर उपमहानगरपालिका–९ स्थित उनको स्टोरबाट आइतबार पक्राउ गरिएको हो। उक्त स्टोरबाट एक हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर तीन हजार रुपैयाँसम्ममा बिक्री गरेको थाहा पाएपछि प्रहरीले शाहलाई पक्राउ गरेको जनाएको छ। स्टोरबाट २८ थान पल्स अक्सिमिटरसमेत प्रहरीले बरामद गरेको छ।

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर किन्न सर्वसाधारण त्यसैले बढी पुग्ने गरेका हुन् । यो मौकाको फाइदा उठाउँदै पर्साको वीरगन्जमा एक औषधी व्यवसायीले कालोबजारी गरी सर्वसाधारणलाई ठगी गरेको पाइएको हो । पर्सा प्रहरीले उनलाई पक्राउ गरेपछि वास्तविकता […] The post अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

अक्सिमिटरको कालोबजारी गर्ने १ जना पक्राउ

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको मौका छापेर मेडिकल उपकरण (अक्सिमिटर)को कालोबजारी गर्ने १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

अक्सिजनको कालोबजारी भइरहेको भन्दै गलत कुरा फैलाएको आरोपमा एक युवक पक्राउ

धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का रहेका छन् । धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झुटो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक […]