इटहरी उपमहानगरले चलायो डोजर

१ फागुन, विराटनगर । सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । विराटनगरको रानी- किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काएको हो । मेयर हेमकर्ण पौडेलसहितको टोलीले इटहरी उपमहानगरपालिका- ६ मा पर्ने ३४ घर भत्काएको हो । उपमहानगरले घर भत्काउनका लागि शनिबारसम्मको अल्टिमेटम दिएको थियो । अटेर गरेपछि आइतबार […]

सम्बन्धित सामग्री

खोलापैनीमा बनेका अवैध संरचना भत्काउन शुरू

विराटनगर। इटहरी उपमहानगरपालिकाले खोला तथा पैनी मिचेर बनाइएका भौतिक संरचना भत्काउन शुरू गरेको छ । इटहरीमा वर्षेनि बाढीले दु:ख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो । मंगलवार इटहरीस्थित टेंग्राखोलाको सिरानबाट डोजर चलाउन शुरू गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला, पैनी पुगेका थिए । बारम्बार सूचना जारी गर्दा पनि नटेरेपछि उपमहानगर आफैले भत्काउन शुरू गरेको उनले बताए । यसपटक कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने उनको भनाइ छ । टेंग्राखोला, खेतीखोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मीटर छाडेर भवन र अन्य संरचना बनाउनुपर्ने प्रचलित कानूनलाई आधार मान्दै उक्त खोला, पैनीको दुवैतर्फ ६/६ मीटर नछोडी बनेका भवन र संरचना हटाउन थालिएको छ । वर्षाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ । ठूलो पानी पर्दा त भयावह स्थिति आउँछ । हरेक वर्षामा खोलाको तटीय क्षेत्रका बासिन्दा त्रस्त हुने गरेका छन् । आउँदो वर्षामा तटीय बस्ती जोगाउन उपमहानगरपालिकाले अवैध संरचना हटाउन थालेको मेयर पौडेलको भनाइ छ ।  इटहरी उपमहानगरपालिकामा २० वडा छन् । तीमध्ये ३, ४, ९, १०, ११ र १२ बाढीबाट प्रभावित हुने गर्छन् । २०७४ सालमा आएको बाढीबाट ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको ज्यान लिएको थियो भने थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो । बाढी पस्ने ठाउँमा दीर्घकालीन तटबन्ध निर्माण नहुँदा इटहरीका बासिन्दा पटकपटक बाढीको चपेटामा पर्दै आएका छन् ।

खोला-पैनीको जग्गा हडप्नेलाई ३५ दिनभित्र जग्गा छोड्न इटहरी उपमहानगरको उर्दी

विराटनगर । इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन निर्देशन जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने इटहरी उपमहानगरले सुचना जारी गरेको हो । इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ३५ दिने सुचना सार्वजनिक भएको छ । इटहरीको टेंग्रा खोला,खेती खोला र सुकुमारी […]

सडक छेउका घर भत्काउन अटेर गरेपछि इटहरी उपमहानगरले चलायो डोजर

६ लेन सडक विस्तार क्षेत्राधिकार भित्र पर्ने घर भत्काउन आलटाल गरेपछि इटहरी उपमहानगरले डोजर चलाएको छ । इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो ।

सडक मिचेका संरचना भत्काइँदै

सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचनामा इटहरी उपमहानगरले डोजर चलाएको छ । उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी मुख्य राजमार्ग आसपास सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काएको हो ।

घरधनीकाे अटेरपछि इटहरीमा चल्यो उपमहानगरको डोजर

विराटनगर । इटहरी उपमहानगरपालिकाले रानी विराटनगर इटहरी धरान किमाथांका व्यापारिक मार्गको मापदण्डमा पर्ने घर भत्काउन थालेको छ । चीन र भारत जोड्ने सडकको मापदण्डमा पर्ने इटहरी वडा नम्बर ६ का घरहरू भत्काउन थालिएको हो । उपहानगरले दिएको समयमा सर्वसाधारण आफैंले नभत्काएको घरमा डोजर चलाइएको हो । उपमहानगरले इटहरी बजारको मुख्य क्षेत्रमा पर्ने घर भत्काउन शनिबारसम्म […]

रानी किमाथांका सडक : इटहरीमा सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउन शुरू

सुनसरी । रानीदेखि किमाथांकासम्म जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी क्षेत्रमा सडक मापदण्डभित्र पर्ने भौतिक संरचना इटहरी उपमहानगरपालिकाले भत्काउन थालेको छ । उपमहानगरपालिकाले इटहरीको विराटनगर रोडमा सडक मापदण्डभित्र पर्ने घरटहरामा डोजर लगाएर भत्काउन शुरू गरेको हो । उपमहानगरपालिकाले विराटनगर लाइनमा रहेको सरोज चौधरीले बनाएको एकतले पक्की घर भत्काउँदै निर्माणस्थल खाली गर्ने काम शुरू गरेको छ । सडक मापदण्डभित्र पर्ने भौतिक संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि घरधनी तथा व्यापारी व्यवसायीले अटेर गर्दै आएपछि डोजर चलाउन थालिएको हो । डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो । रानी–विराटनगर–किमाथांका ६ लेन राजमार्गअन्तर्गत सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने अभियान अन्तर्गत डोजर चलाउन थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी क्षेत्रमा ६ लेन सडक निर्माणले पूर्णता पाउन सकेको थिएन । सडक आसपासका संरचना हटाइँदा आवागमन सहज हुनुका साथै नगरको सुन्दरता समेत बढ्ने स्थानीयको भनाइ छ । इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरटहरा हटाउने निर्णय गरिएको थियो । सडक परियोजनाअन्तर्गत ५५ फुट कायम हुनेगरी विस्तार गरिँदै छ । यता, धरान क्षेत्रमा उक्त सडक बजारबाट विस्तार गर्ने कि बाईपास गर्ने भन्ने विषय अन्योलमै छ । बजार क्षेत्रका स्थानीयले बजारको बीचबाट सडक विस्तार गर्दा भौतिक संरचनामा ठूलो क्षति हुने भन्दै विरोध गरिरहेका छन् भने व्यापारी व्यवसायीले भने बाईपास गर्दा व्यावसायिक गतिविधि घट्ने चिन्ता व्यक्त गरेका छन् । आयोजनाले पटक पटक पत्राचार गर्दै निर्माणस्थल खाली गरिदिन आग्रह गरेकाले धरान उपमहानगरपालिकाले निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिका परिसरमा स्थानीयवासीसँग यसबारे सर्वपक्षीय छलफल भएको थियो । स्थानीयले बाईपास गर्नुपर्ने र घरजग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राखेका थिए । यद्यपि धरान उपमहानगरले अझै पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । गत आइतवार भएको धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभामा प्रमुख हर्कराज राईले भने बाईपास गर्नुपर्ने धारणा राखे । नगरसभामा वडा नं १२ का सदस्य तथा स्थानीय जग्गाधनी समेत रहेका ब्रह्मज्ञ भट्टराईले बाईपास गर्नुपर्ने माग राखेपछि मेयर राईले बाईपास गरिनुपर्ने बताएका हुन् ।

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेको छ । शुक्रबार उपमहानगरले इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सुरज चौधरीको एक तले भवन भत्काएको हो । उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो । निर्माणाधीन ६ लेन […] The post राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....