रानी किमाथांका सडक : इटहरीमा सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउन शुरू

सुनसरी । रानीदेखि किमाथांकासम्म जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी क्षेत्रमा सडक मापदण्डभित्र पर्ने भौतिक संरचना इटहरी उपमहानगरपालिकाले भत्काउन थालेको छ । उपमहानगरपालिकाले इटहरीको विराटनगर रोडमा सडक मापदण्डभित्र पर्ने घरटहरामा डोजर लगाएर भत्काउन शुरू गरेको हो । उपमहानगरपालिकाले विराटनगर लाइनमा रहेको सरोज चौधरीले बनाएको एकतले पक्की घर भत्काउँदै निर्माणस्थल खाली गर्ने काम शुरू गरेको छ । सडक मापदण्डभित्र पर्ने भौतिक संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि घरधनी तथा व्यापारी व्यवसायीले अटेर गर्दै आएपछि डोजर चलाउन थालिएको हो । डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो । रानी–विराटनगर–किमाथांका ६ लेन राजमार्गअन्तर्गत सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने अभियान अन्तर्गत डोजर चलाउन थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी क्षेत्रमा ६ लेन सडक निर्माणले पूर्णता पाउन सकेको थिएन । सडक आसपासका संरचना हटाइँदा आवागमन सहज हुनुका साथै नगरको सुन्दरता समेत बढ्ने स्थानीयको भनाइ छ । इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरटहरा हटाउने निर्णय गरिएको थियो । सडक परियोजनाअन्तर्गत ५५ फुट कायम हुनेगरी विस्तार गरिँदै छ । यता, धरान क्षेत्रमा उक्त सडक बजारबाट विस्तार गर्ने कि बाईपास गर्ने भन्ने विषय अन्योलमै छ । बजार क्षेत्रका स्थानीयले बजारको बीचबाट सडक विस्तार गर्दा भौतिक संरचनामा ठूलो क्षति हुने भन्दै विरोध गरिरहेका छन् भने व्यापारी व्यवसायीले भने बाईपास गर्दा व्यावसायिक गतिविधि घट्ने चिन्ता व्यक्त गरेका छन् । आयोजनाले पटक पटक पत्राचार गर्दै निर्माणस्थल खाली गरिदिन आग्रह गरेकाले धरान उपमहानगरपालिकाले निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिका परिसरमा स्थानीयवासीसँग यसबारे सर्वपक्षीय छलफल भएको थियो । स्थानीयले बाईपास गर्नुपर्ने र घरजग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राखेका थिए । यद्यपि धरान उपमहानगरले अझै पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । गत आइतवार भएको धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभामा प्रमुख हर्कराज राईले भने बाईपास गर्नुपर्ने धारणा राखे । नगरसभामा वडा नं १२ का सदस्य तथा स्थानीय जग्गाधनी समेत रहेका ब्रह्मज्ञ भट्टराईले बाईपास गर्नुपर्ने माग राखेपछि मेयर राईले बाईपास गरिनुपर्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

यी चार सडक अझै खुलेनन्, नारायणगढ–मुग्लिन सडक सुचारु

अविरल वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । सडक विभागका  साँफेबगर मार्तडी कोल्टी सडक, कर्णाली राजमार्गको जमुनाहा नेपालगञ्ज कोहलपुर सुर्खेत खुलालु हिल्सा सडक, तानसेन रिडी कोरला सडक र डुम्रे बेशीशहर चामे सडक पहिरोको कारण बन्द छन् ।नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् । मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ । हिजो भरतपुर महानगरपाल

सडक बालिका

सडक नै मेरो महल,सडक नै मेरो जिन्दगी! म आफ्नो एक पेट पाल्न,सयौंको गाली र खाते नामले पुकारिनुपर्ने मेरो बाध्यता,पेटकै लागि गर्नु थियो यतिका दुःख!...

बर्षाले तीन सडक पूर्ण र १२ सडक आंशिक अबरुद्ध

वर्षाले हाल देशभरका तीन सडक पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध छन्। कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका छन् । कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको सुर्कीपाखा र दादीखोलामा पहिरोका कारण सडक अवरुद्ध रहेकामा एउटा निजी सवारीसाधन भाडामा लिएर खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक […]

अवरुद्ध सडक खुला

वर्षाका कारण अवरुद्ध सडक सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अवरुद्ध सडक खुलाइएको छ । उक्त खण्डको घोप्टेभिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।पछिल्लो समय सडक अवरुद्ध हुँदा ९ स्थानमा क्षति पुगेको छ । सडक विभागका अनुसार सबै स्थानमा दुईतर्फी नै सडक खुलाइएको छ । ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, आरुघाट–सिर्दिवास–रोइलो भञ्ज्याङमा सडक अवरुद्ध भएको […]

सडक विभागको निर्देशन : असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौँ । सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले आसर १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो । सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने स्पष्ट पारेको छ । “वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि […]

जोरपाटी–साँखु सडक कालोपत्र गर्न माग गर्दै सडक अवरुद्ध

काठमाडौं :  काठमाडौंको जोरपाटी–साँखु सडक खण्ड कालोपत्र गर्न माग गर्दै थलीका स्थानीयले सडक अवरुद्ध पारेका छन्। थलीको मिलनचोकमा जम्मा भएका स्थानीयले बिहानैदेखि सडक बन्द गरेर विरोध जनाएका छन्।उनीहरुले अत्यावश्यकबाहेक अन्य गाडी चल्न दिएका छैनन्। सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताउँदै आएका छन्।

नारायणगढ-बुटवल सडक : सडक किनारका संरचना हटाइँदै

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु¥याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिनुभयो । “बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा …

बाढीले सडक बगाउँदा धनकुटा भेडेटार सडक अवरुद्ध

२ कात्तिक, विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साघुरीगढी– ६ मा लेउती खोलाले करीब एक सय मिटर सडक कटान गरेपछि मंगलबार दिउँसोबाट सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रबाट धरान आउदै गरेका र धरानबाट पहाडी जिल्लातर्फ जादै गरेका सवारी रोकिएको जिल्ला प्रहरी […]

नियमित सडक सञ्चालन गर्न दोर्दीमा सडक ‘हेरालु’को व्यवस्था

लमजुङको दोर्दी गाउँपालिकाले बर्खायाममा नियमित सडक सञ्चालन गर्न सडक हेरालुको व्यवस्था गरेको छ। बाढीपहिरोले क्षतविक्षत बनाएको सडक सुचारु गर्न गाउँपालिकाले सडक हेरालुको व्यवस्था गरेको हो। दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बाटो...

सडक

तर बाबु म आशावादी छु, तिमी पनि आशा नमार एक दिन बाँदरले मान्छे बन्नु पर्नेछ यो बुच्चे सडक यो चोसेमोसे सडक एक दिन अवश्य चौडिनेछ। तिमीले सुनेका छैनौ र बाबु, भन्नेहरूले त भनेका छन्–मान्छेका पुर्खा पनि त बाँदरै थिए।...