उन्नति सहकार्य लघुवित्तद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

कात्तिक २३, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत चैत ३१ गते सम्पन्न छैठौ साधारण सभाबाट पारित १७ दशमलव ८१ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले छैठौ साधारण सभाको लागि बुक क्लोज हुँदाको समयसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा कात्तिक १७ गतेदेखि उक्त बोनस शेयर जम्मा गरिदिएको हो । साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर बापत लाग्ने कर शेयरधनी आफैले भुक्तानी गनुपर्ने हुँदा कर बापतको रकम जम्मा गरे पश्चात बोनस शेयर क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गराउन अनुरोध गरेको छ । कम्पनीले उक्त कर बापतको रकम सिद्धार्थ बैंक लिमिटेड हात्तिसार, काठमाडौंको खाता नम्बर ००११९०८४५१६ मा जम्मा गर्न अनुरोध गरेको छ ।  

सम्बन्धित सामग्री

यो वर्ष उन्नति सहकार्य लघुवित्तको नाफा करीब ४६% कम

वैशाख २७, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ३ करोड ७९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४५ दशमलव ७३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ९९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफामा पनि खुद नाफाकै अनुपातमा कमी आएको छ ।  गत वर्ष रू. ११ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोडभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शीर्षकमा ३७९ दशमलव ७१ प्रतिशत बढी रकम छुट्याएकाले नाफामा असर परेको हो । गत वर्ष रू. २ लाखभन्दा बढी सम्भावित जोखिम शीर्षकमा रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ९ लाख ९३ हजार छुट्याएको हो । ३० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. २२ करोड ९० लाख २० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ९ करोड ३१ लाखभन्दा बढी कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १८ दशमलव ३८ प्रतिशत कम भएको हो । यस वर्ष १२ दशमलव २५ प्रतिशत कम रू. २ अर्ब २३ करोड ४० लाख कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा करीब १३ प्रतिशत बढी रू. ३ अर्ब ३५ करोड ४५ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने गत वर्षभन्दा करीब १२ प्रतिशत बढी रू. १ अर्ब ४ करोड ५२ लाख भएको छ । गत वर्ष ४ दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ८२ प्रतिशतमा झरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव शून्य ९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ६७ छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ५९ दशमलव ७७ गुणा रहेको छ ।

उन्नति सहकार्य लघुवित्तले वितरण गर्‍यो ३०% बोनस शेयर

वैशाख १२, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  कम्पनीले गत पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वैशाख ११ गतेदेखि वितरण गर्न शुरु गरेको हो । कम्पनीले उक्त बोनस शेयर बापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता शेयर वैशाख ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो ।  हितग्राही खातामा बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् । कम्पनीले रू. १७ करोड ६१ लाख ६९ हजार चुक्तापूँजीको आधारमा बोनस शेयर वितरण गरेको हो ।  यस वर्ष कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिएको छैन । २०७७ साल असार २६ गतेपश्चात शेयर खरीद गरी कायम सदस्यहरुले भने यो बोनस शेयरमा लाग्ने कर बापतको रकम भुक्तानी गर्नु पर्नेछ ।  कर बापतको रकम जम्मा भएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हक बापतको बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयरपश्चात कम्पनीमा सर्वसाधारण तर्फको शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न कम्पनीले रू. १ करोड ७८ लाख ४५ हजार ११८ दशमलव शून्य ३ बराबरको एफपीओ समेत निष्कासन गर्ने भएको छ । सो सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  बोनस र एफपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २४ करोड ६८ लाख ६५ हजार कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

उन्नति सहकार्य लघुवित्तको खुद नाफा रू. २ करोड ७४ लाखभन्दा बढी

माघ २८, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ४१ दशमलव ९२ प्रतिशत कम भएको हो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा ३४ दशमलव ६७ प्रतिशत घटेको छ । गत वर्ष रू. ६ करोड ६६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ३५ लाखभन्दा बढी यो नाफा गरेको हो । सम्भावित जोखिम शीर्षकमा यस वर्ष कम्पनीले रू. १ करोड ५ लाखभन्दा बढी रकम छुट्याएकाले यो वर्ष सञ्चालन नाफा घट्न पुगेको हो ।  गत वर्ष रू. ८३ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष भने खराब कर्जा नगरेकाले खुद नाफा कम भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड ६१ लाख ६९ हजार छ । यस वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस २८ गतेको वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त बोनस शेयर भने दोस्रो त्रैमाससम्ममा समायोजन भएको देखिएन ।  कम्पनीको जगेडा कोष रकम ९ दशमलव ४३ प्रतिशत वृद्धि भई रू. १३ करोड १४ लाख कायम भएको छ । कर्जा सापटी गत वर्षभन्दा ११ दशमलव ७१ प्रतिशत बढी रू. २ अर्ब २२ करोड लिएको कम्पनीले १९ दशमलव ७६ प्रतिशत बढी रू. ३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा ९ दशमलव ३३ प्रतिशत बढी रू. ९७ करोड ५० लाख निक्षेप संकलन गरेको छ । गत वर्ष १ दशमलव ८९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ५ दशमलव ८४ प्रतिशत पुगेको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ५९ रहेको छ ।

उन्नति सहकार्य लघुवित्तले प्रस्तावित लाभांश संशोधन गर्‍यो

मंसिर ५, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।  कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेकोमा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन  निर्देशन दिएकाले लाभांश संशोधन गरेको बताएको छ । अव कम्पनीले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गर्ने निर्णय गरेको हो ।

उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन , बोनस दर घट्यो

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को आषाढ मसान्तको सञ्चित मुनाफा एंव वितरण योग्य पुँजीगत जगेडाकोष बाट वितरण गरिने लाभांशको विवरण संशोधन गरेको हो ।कम्पनीले यस अघि हाल कायम चुक्ता पुँजी सत्र करोड एकसठ्ठी लाख उन्नासत्तरी हजार सात सय छ रुपैया तीन आठ पैसाको ३२ प्रतिशतले हुन आउने  पाँच करोड त्रिसट्ठी लाख चौहत्तर हजार तिन सय छ रुपैया शुन्य चार पैसा मात्र लाभांश वोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएपछि कम्पनीले लाभांश संशोधन गरेको हो  । अब कम्पनीले ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९ सय ११ रुपैयाँ ९१ पैसा बराबरको बोनस शेयर वितरण अग्रने प्रस्ताव गरेको हो  । कम्पनीको उक्त संसोधित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र वित्तीय संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात्  लगानीकर्तामा वितरण हुने छ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, ३ असार २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ५३ रुपैयाँले उकालो लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. २ हजार २६५ पुगेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ६ करोड ९९ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ३ करोड ३४ लाख ७१ हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा १०८ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रु. ६२ करोड ९८ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्नमा टेवा पुगेको हो । चुक्ता पुँजी रु. १७ करोड ६१ लाख ६९ हजार रहेको कम्पनीले जगेडा कोषमा रु. ११ करोड ४१ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ५२ दशमलव ९१ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ्गलेग्ड डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ९३ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १७ दशमलव ९३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्य रेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । बुधवारको शेयर मूल्य रु. २ हजार २६५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार २१२मा टेवा पाउने र महँगिए रु. २ हजार ३२८ मा प्रतिरोध पाउने देखिन्छ ।