यो वर्ष उन्नति सहकार्य लघुवित्तको नाफा करीब ४६% कम

वैशाख २७, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ३ करोड ७९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४५ दशमलव ७३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ९९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफामा पनि खुद नाफाकै अनुपातमा कमी आएको छ ।  गत वर्ष रू. ११ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोडभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शीर्षकमा ३७९ दशमलव ७१ प्रतिशत बढी रकम छुट्याएकाले नाफामा असर परेको हो । गत वर्ष रू. २ लाखभन्दा बढी सम्भावित जोखिम शीर्षकमा रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ९ लाख ९३ हजार छुट्याएको हो । ३० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. २२ करोड ९० लाख २० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ९ करोड ३१ लाखभन्दा बढी कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १८ दशमलव ३८ प्रतिशत कम भएको हो । यस वर्ष १२ दशमलव २५ प्रतिशत कम रू. २ अर्ब २३ करोड ४० लाख कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा करीब १३ प्रतिशत बढी रू. ३ अर्ब ३५ करोड ४५ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने गत वर्षभन्दा करीब १२ प्रतिशत बढी रू. १ अर्ब ४ करोड ५२ लाख भएको छ । गत वर्ष ४ दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ८२ प्रतिशतमा झरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव शून्य ९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ६७ छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ५९ दशमलव ७७ गुणा रहेको छ ।

सम्बन्धित सामग्री

उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । कम्पनीको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ सूचीकृत भएको हो ।  कम्पनीले कात्तिक  २१ गते देखि २४ गते सम्म निष्कासन गरेको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको थियो । सोही शेयर आज सोमवार नेप्सेमा सूचीकृत भएको हो ।

उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त कम्पनीको एफपीओ आगामी मंसिर ८ गते शुक्रवार बिहान ९ बजे बाँडफाँट गर्ने भएको हो ।  कम्पनीले गत कात्तिक २१ देखि २४ गतेसम्म एफपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको हो ।    साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत छ । उक्त पूँजी संरचनालाई विद्यमान ऐन अनुसार सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ निष्कासन गरेको हो ।

उन्नति सहकार्य लघुवित्तको एफपीओ कात्तिक २१ देखि

काठमाडौं– उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यही कात्तिक २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । उन्नति लघुवित्त र सहकार्य लघुवित्त एक आपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ । सोही पुँजी संरचना ऐनअनुसार […]

उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्कासनका लागि पायो अनुमति

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएको छ । २०७८ चैत २५ गते एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीले गत शुक्रवार अनुमति पाएको नेप्सेमार्फत जानकारी दिइएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासनका लागि अनुमति पाएको हो । कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार रुपैयाँ छ ।

इम्पेयरमेन्ट चार्ज बढेसँगै उन्नति सहकार्य लघुवित्त यो वर्ष नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रू. ४ करोड ४७ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म रू. ३ करोड ७९ लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष इम्पेयरमेन्ट चार्ज बढी भएसँगै खुद नोक्सानीमा गएको हो । गत वर्ष यस अवधिसम्म रू. ९ लाख ९३ हजार रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष रू. ३ करोड २८ लाखभन्दा बढी रहेको छ । कम्पनीको निष्क्रिय कर्जा यस वर्ष उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १३ दशमलव ४७ प्रतिशत पुगेको छ । यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनी रू. ४ करोड ४७ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ४ करोड ९६ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ९० लाखभन्दा बढी छ । रिटेन्ड अर्निङ रू. ११ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम रू. ५ करोड ६७ लाखभन्दा बढी छ । यस वर्ष कम्पनीले रू. १ अर्ब १५ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब २६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । कर्जा सापटी भने यस वर्ष रू. २ अर्ब १५ करोडभन्दा बढी छ । रू. २६ दशमलव शून्य ६ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव २९ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विभिन्न ३ बैंक तथा वित्तीय संस्थाहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पौष १४ गते देखि २८ गते सम्म, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड  र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १४ साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द  गर्दैछन्। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्। मितेरी डेभलपमेन्ट बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चु...

उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को आषाढ मसान्तको सञ्चित मुनाफा एंव वितरण योग्य पुँजीगत जगेडाकोष बाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी सत्र करोड एकसठ्ठी लाख उन्नासत्तरी हजार सात सय छ रुपैया तीन आठ पैसाको ३२ प्रतिशतले हुन आउने  पाँच करोड त्रिसट्ठी लाख चौहत्तर हजार तिन सय छ रुपैया शुन्य चार पैसा मात्र लाभांश वोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र वित्तीय संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात्  लगानीकर्तामा वितरण हुने छ ।

उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा अधिकारी

काठमाडौं, २७ असार। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा नारायण अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकबाट कम्पनी सचिवमा अधिकारी नियुक्त भएका हुन् । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत रहेका अधिकारीलाई कम्पनीले एक सुचना जारी गर्दै नियुक्त गरेको जानकारी दिएको हो ।

उन्नति सहकार्य लघुवित्तको सचिवमा अधिकारी नियुक्त

असार २७, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् ।  कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो । अधिकारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, ३ असार २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ५३ रुपैयाँले उकालो लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. २ हजार २६५ पुगेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ६ करोड ९९ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ३ करोड ३४ लाख ७१ हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा १०८ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रु. ६२ करोड ९८ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्नमा टेवा पुगेको हो । चुक्ता पुँजी रु. १७ करोड ६१ लाख ६९ हजार रहेको कम्पनीले जगेडा कोषमा रु. ११ करोड ४१ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ५२ दशमलव ९१ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ्गलेग्ड डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ९३ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १७ दशमलव ९३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्य रेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । बुधवारको शेयर मूल्य रु. २ हजार २६५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार २१२मा टेवा पाउने र महँगिए रु. २ हजार ३२८ मा प्रतिरोध पाउने देखिन्छ ।