उन्नति सहकार्य लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश सहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित

पुस २९, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । सभा पुस २८ गते होटल मौर्या सि.न.पा १३ रुपन्देहीमा सम्पन्न भएको हो ।  सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यसैगरी, सभाले बोनस शेयर बाँडफाँट पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न रू. १ करोड ७८ लाख ४५ हजार ११८ बराबरको एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते (एक दिन) बुक क्लोज गरेको थियो । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 

सम्बन्धित सामग्री

उन्नति सहकार्य लघुवित्तले पुस २९ मा साधारण सभा गर्ने, छैन लाभांशको प्रस्ताव

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले अन्य इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

१२ ओटा लघुवित्त कम्पनीले लाभांश दिने, ९ ओटाले नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५४ लघुवित्त वित्तीय कम्पनीहरूमध्ये गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा १२ लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ९ लघुवित्त कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  युनिक नेपाल लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक, छिमेक लघुवित्त, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, स्वावलम्बन लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, आरएसडिसी लघुवित्त, समता घरेलु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये केहीले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् भने केहीले भने लाभांश पारितका लागि साधारण सभाको मिति तय गरेका छन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै फष्र्ट माइक्रोफाइनान्सले भने समान दरमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।  त्यस्तै एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ ।  छिमेक लघुवित्तले पनि यस वर्ष बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  साना किसान लघुवित्तले भने १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्तले पनि १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले ८ दशलमव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ ।  समता घरेलु लघुवित्र वित्तीय संस्थाले ५ दशलमव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कुन कम्पनीको लाभांश कति ? स्रोत : कम्पनीहरूको सूचनाबाट ।  ९ ओटा कम्पनीले भने लाभांश नदिने  अहिलेसम्म ९ ओटा लघुवित्त वित्तीय संस्थाले भने यस वर्ष आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । ग्रामिण विकास लघुवित्त, हिमालयन लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।  गत आवमा आर्थिक मन्दीका कारण सूचीकृत कम्पनीहरूको नाफा प्रभावित भएको छ । नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकारहरू बताउँछन् ।

उन्नति सहकार्य लघुवित्तले वितरण गर्‍यो ३०% बोनस शेयर

वैशाख १२, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  कम्पनीले गत पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वैशाख ११ गतेदेखि वितरण गर्न शुरु गरेको हो । कम्पनीले उक्त बोनस शेयर बापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता शेयर वैशाख ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो ।  हितग्राही खातामा बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् । कम्पनीले रू. १७ करोड ६१ लाख ६९ हजार चुक्तापूँजीको आधारमा बोनस शेयर वितरण गरेको हो ।  यस वर्ष कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिएको छैन । २०७७ साल असार २६ गतेपश्चात शेयर खरीद गरी कायम सदस्यहरुले भने यो बोनस शेयरमा लाग्ने कर बापतको रकम भुक्तानी गर्नु पर्नेछ ।  कर बापतको रकम जम्मा भएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हक बापतको बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयरपश्चात कम्पनीमा सर्वसाधारण तर्फको शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न कम्पनीले रू. १ करोड ७८ लाख ४५ हजार ११८ दशमलव शून्य ३ बराबरको एफपीओ समेत निष्कासन गर्ने भएको छ । सो सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  बोनस र एफपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २४ करोड ६८ लाख ६५ हजार कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

तीन ओटा कम्पनीको शेयरमूल्य समायोजन

पुस १४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको हो ।  तीनै ओटा कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले नेपाल पुनर्बीमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार १०४ दशमलव ७२ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २८७ को आधारमा शेयरमूल्य समायोजन भएको हो । नेपाल पुनर्बीमा कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २२ गते कार्की ब्याक्वेंट बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । त्यस्तै, नेप्सेले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार ४८८ दशमलव ४६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । मंगलवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ९३५ मा अन्तिम कारोबार भएको थियो  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारण सभा गर्ने जानकारी दिएको छ । कम्पनीले सभा बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा गर्ने भएको छ ।  त्यसैगरी, नेप्सेले मितेरी डेभलपमेण्ट बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४३३ दशमलव शून्य ७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ५०२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । मितेरी डेभलपमेण्टले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान १ सुनसरीमा साधारण सभा गर्ने जानकारी दिएको छ । मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनको लागि बुधवारदेखि पुस  २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुुस १३, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने दिन आज अर्थात् मंगलवार रहेको हो । नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १४ गते (एक दिन) बन्द गर्ने भएकाले मंगलवारसम्म  कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २२ गते कार्की ब्याक्वेंट बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएकाले मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारण सभा गर्ने जानकारी दिएको छ । कम्पनीले सभा बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा गर्ने भएको छ ।  यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान-१ सुनसरीमा साधारण सभा गर्ने जानकारी दिएको छ ।

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विभिन्न ३ बैंक तथा वित्तीय संस्थाहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पौष १४ गते देखि २८ गते सम्म, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड  र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १४ साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द  गर्दैछन्। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्। मितेरी डेभलपमेन्ट बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चु...