उन्नति सहकार्य लघुवित्तको खुद नाफा रू. २ करोड ७४ लाखभन्दा बढी

माघ २८, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ४१ दशमलव ९२ प्रतिशत कम भएको हो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा ३४ दशमलव ६७ प्रतिशत घटेको छ । गत वर्ष रू. ६ करोड ६६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ३५ लाखभन्दा बढी यो नाफा गरेको हो । सम्भावित जोखिम शीर्षकमा यस वर्ष कम्पनीले रू. १ करोड ५ लाखभन्दा बढी रकम छुट्याएकाले यो वर्ष सञ्चालन नाफा घट्न पुगेको हो ।  गत वर्ष रू. ८३ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष भने खराब कर्जा नगरेकाले खुद नाफा कम भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड ६१ लाख ६९ हजार छ । यस वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस २८ गतेको वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त बोनस शेयर भने दोस्रो त्रैमाससम्ममा समायोजन भएको देखिएन ।  कम्पनीको जगेडा कोष रकम ९ दशमलव ४३ प्रतिशत वृद्धि भई रू. १३ करोड १४ लाख कायम भएको छ । कर्जा सापटी गत वर्षभन्दा ११ दशमलव ७१ प्रतिशत बढी रू. २ अर्ब २२ करोड लिएको कम्पनीले १९ दशमलव ७६ प्रतिशत बढी रू. ३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा ९ दशमलव ३३ प्रतिशत बढी रू. ९७ करोड ५० लाख निक्षेप संकलन गरेको छ । गत वर्ष १ दशमलव ८९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ५ दशमलव ८४ प्रतिशत पुगेको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ५९ रहेको छ ।

सम्बन्धित सामग्री

उन्नति सहकार्य लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, यस्तो छ कारण

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६२ दशलमव ८४ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. २ करोड ५ लाख नाफा कमाएकोमा गत आवमा रू. ७६ लाख ६४ हजारमा सीमित भएको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १६ दशमलव ५६ प्रतिशत र सञ्चालन नाफा ७७ दशमलव ७२ प्रतिशत घटेको छ ।  नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९९ पैसा रहेकोमा गत आवमा घटेर ३ रुपैयाँ ३४ पैसामा झरेको छ । त्यस्तै गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव २६ र तरलता अनुपात ८ दशमलव १६ प्रतिशत छ । चुक्ता पूँजी रू. २२ करोड ९० लाख रहेको कम्पनीले जगेडामा रू. २३ करोड १ लाख र रिटेन्ड अर्निङमा रू. ९६ लाख १४ हजार सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

यो वर्ष उन्नति सहकार्य लघुवित्तको नाफा करीब ४६% कम

वैशाख २७, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ३ करोड ७९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४५ दशमलव ७३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ९९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफामा पनि खुद नाफाकै अनुपातमा कमी आएको छ ।  गत वर्ष रू. ११ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोडभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शीर्षकमा ३७९ दशमलव ७१ प्रतिशत बढी रकम छुट्याएकाले नाफामा असर परेको हो । गत वर्ष रू. २ लाखभन्दा बढी सम्भावित जोखिम शीर्षकमा रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ९ लाख ९३ हजार छुट्याएको हो । ३० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. २२ करोड ९० लाख २० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ९ करोड ३१ लाखभन्दा बढी कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १८ दशमलव ३८ प्रतिशत कम भएको हो । यस वर्ष १२ दशमलव २५ प्रतिशत कम रू. २ अर्ब २३ करोड ४० लाख कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा करीब १३ प्रतिशत बढी रू. ३ अर्ब ३५ करोड ४५ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने गत वर्षभन्दा करीब १२ प्रतिशत बढी रू. १ अर्ब ४ करोड ५२ लाख भएको छ । गत वर्ष ४ दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ८२ प्रतिशतमा झरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव शून्य ९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ६७ छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ५९ दशमलव ७७ गुणा रहेको छ ।