उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, ३ असार २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ५३ रुपैयाँले उकालो लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. २ हजार २६५ पुगेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ६ करोड ९९ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ३ करोड ३४ लाख ७१ हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा १०८ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रु. ६२ करोड ९८ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्नमा टेवा पुगेको हो । चुक्ता पुँजी रु. १७ करोड ६१ लाख ६९ हजार रहेको कम्पनीले जगेडा कोषमा रु. ११ करोड ४१ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ५२ दशमलव ९१ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ्गलेग्ड डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ९३ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १७ दशमलव ९३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्य रेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । बुधवारको शेयर मूल्य रु. २ हजार २६५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार २१२मा टेवा पाउने र महँगिए रु. २ हजार ३२८ मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि एनपियसमा आबद्ध

काभ्रेपलान्चोक स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्थालागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका […]

स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात स्वरोजगार लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट […]

साना किसान विकास लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका […]

साना किसान विकास लघुवित्त वित्तीय संस्था एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । आज भएको सम्झौताअनुसार लघुवित्तले क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने भएको हो । सम्झौता पत्रमा साना किसान

छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

छिमेक लघुवित्त वित्तीय संस्था र नेपाल क्लियरिङ हाउसबीच डिजिटल माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।

खप्तड लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटलबीच सम्झौता

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । उक्त निष्काशन बाँडफाँटपश्चात् कम्पनीको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक÷रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिस्ट्रारको सेवा प्रदान […]

युनिक नेपाल र घोडीघोडाको एकीकृत कारोबार सुरु

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्च भएपछि आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। शुक्रबार कोहलपुरमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय...

नेपाल एग्रोलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्तको एकीकृत कारोबार सुरु

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारसम्बन्धी औपचारिक कार्यक्रम नवलपुरको गैँडाकोटमा भएको हो ।  इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त...

युनिक नेपाल लघुवित्त वित्तीय संस्था सम्मानित

बाँकेको कोहलपुर स्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा सुचिकृत भएको छ ।स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त र १९२ मानकहरु यस वित्तीय संस्थाले पूर्णरुपमा पालना गरेको भनी स्मार्ट सर्टिफिकेट (प्रमाणपत्र) बाट सम्मानित भएको हो । यसबाट युनिक नेपाल लघुवित्त वित्तीय संस्था अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका […]