उन्नति सहकार्य लघुवित्तले वितरण गर्‍यो ३०% बोनस शेयर

वैशाख १२, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  कम्पनीले गत पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वैशाख ११ गतेदेखि वितरण गर्न शुरु गरेको हो । कम्पनीले उक्त बोनस शेयर बापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता शेयर वैशाख ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो ।  हितग्राही खातामा बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् । कम्पनीले रू. १७ करोड ६१ लाख ६९ हजार चुक्तापूँजीको आधारमा बोनस शेयर वितरण गरेको हो ।  यस वर्ष कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिएको छैन । २०७७ साल असार २६ गतेपश्चात शेयर खरीद गरी कायम सदस्यहरुले भने यो बोनस शेयरमा लाग्ने कर बापतको रकम भुक्तानी गर्नु पर्नेछ ।  कर बापतको रकम जम्मा भएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हक बापतको बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयरपश्चात कम्पनीमा सर्वसाधारण तर्फको शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न कम्पनीले रू. १ करोड ७८ लाख ४५ हजार ११८ दशमलव शून्य ३ बराबरको एफपीओ समेत निष्कासन गर्ने भएको छ । सो सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  बोनस र एफपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २४ करोड ६८ लाख ६५ हजार कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सम्बन्धित सामग्री

१२ ओटा लघुवित्त कम्पनीले लाभांश दिने, ९ ओटाले नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५४ लघुवित्त वित्तीय कम्पनीहरूमध्ये गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा १२ लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ९ लघुवित्त कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  युनिक नेपाल लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक, छिमेक लघुवित्त, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, स्वावलम्बन लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, आरएसडिसी लघुवित्त, समता घरेलु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये केहीले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् भने केहीले भने लाभांश पारितका लागि साधारण सभाको मिति तय गरेका छन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै फष्र्ट माइक्रोफाइनान्सले भने समान दरमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।  त्यस्तै एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ ।  छिमेक लघुवित्तले पनि यस वर्ष बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  साना किसान लघुवित्तले भने १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्तले पनि १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले ८ दशलमव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ ।  समता घरेलु लघुवित्र वित्तीय संस्थाले ५ दशलमव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कुन कम्पनीको लाभांश कति ? स्रोत : कम्पनीहरूको सूचनाबाट ।  ९ ओटा कम्पनीले भने लाभांश नदिने  अहिलेसम्म ९ ओटा लघुवित्त वित्तीय संस्थाले भने यस वर्ष आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । ग्रामिण विकास लघुवित्त, हिमालयन लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।  गत आवमा आर्थिक मन्दीका कारण सूचीकृत कम्पनीहरूको नाफा प्रभावित भएको छ । नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकारहरू बताउँछन् ।

आठ लघुवित्त कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश नदिने, कुन कुन परे ?

काठमाडौं । यस वर्ष आठ लघुवित्त कम्पनीका शेयरधनीको हात खाली भएको छ । नेप्सेमा सूचीकृत ५४ लघुवित्त कम्पनीहरुमध्ये हालसम्ममा आठ कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएसँगै शेयरधनीहरुको हात खाली हुने भएको हो ।  ग्रामिण विकास लघुवित्त,हिमालयन लघुवित्त,गुराँस लघुवित्त,मनकामना स्मार्ट लघुवित्त,उपकार लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त र फरवार्ड लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन ।  अघिल्लो आवको मुनाफाबाट गत वर्ष आफ्ना शेयरधनीलाई ६१ दशमलव ७५ प्रतिश बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको उपकार लघुवित्त वित्तीय संस्थाले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  त्यस्तै फरवार्ड लघुवित्त वित्तीय संस्थाले पनि गत वर्ष २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लाभांश वितरण नगर्ने निर्णय गरेपछि कम्पनीको शेयर मूल्य बिहीवार २५ रुपैयाँ घटेको छ ।  गत आवको चौथौ त्रैमाससम्ममा यस कम्पनीको वितरणयोग्य मुनाफा रू.७६ करोड ७२ लाख थियो ।  वितरणयोग्य नाफा कम्पनी सञ्चिती गर्ने  जानकारी दिएको छ ।  त्यस्तै उन्नति सहकार्य लघुवित्तले लगातार दुई वर्ष शेयरधनीको हात खाली बनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा यस कम्पनीले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यसपछि लगातार दुई शेयरधनीलाई कुनै पनि लाभांश दिएको छैन । गत आवको चौथो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ५९ लाख ६६ हजार थियो ।  गत आवमा आर्थिक मन्दिका कारण सूचीकृत कम्पनीहरुको नाफा प्रभावित भएको छ भने अर्को तिर  नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको देखियो ।

आज १० कम्पनीले साधारणसभा गर्दै (सूचीसहित)

आज पुस २८ गते बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १० वटा कम्पनीले साधारणसभा गर्दै छन् । आज मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, पन्चकन्या माई हाइड्रो, तेह्रथुम पावर, बोटलर्स नेपाल तराइ, न्यादी हाइड्रो, पाँचथर पावर र बोटलर्स नेपाल बालाजुले साधारणसभा गर्न लागेका हुन् ।यी मध्ये ४ वटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, र उन्नति सहकार्य लघुवित्तले मात्र लाभांश प्रस्ताव गरेका छन् ।मितेरी डेभलपमेन्ट बैंकले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने नेपाल हाइड्रो डेभलपरले ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कतिपय कम्पनीले भने आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नको लागि सूचना सार्वजनिक गर्न थालेका छन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । हालसम्म मैलुङ खोला हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, सिभिल बैंक, र सिद्धार्थ बैंकले भर्चुअल रुपमा साधारणसभा गर्ने सूचना प्रकाशन गरेका छन्  । सरकारले २५ जना भन्दा बढी उपस्थित हुन प्रतिबन्ध लगाएपछि साधारणसभा गर्न बाँकि सबै कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गर्ने अनुमान गरिएको छ  । गत वर्ष पनि कोभिडको संक्रमण बढ्दै गएको समयमा कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गरेका थिए  । भर्चुअल रुपमा साधारणसभा गर्दा कम्पनीहरुको खर्च समेत घट्ने छ  । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन्  ।

उन्नति सहकार्य लघुवित्तले प्रस्तावित लाभांश संशोधन गर्‍यो

मंसिर ५, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।  कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेकोमा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन  निर्देशन दिएकाले लाभांश संशोधन गरेको बताएको छ । अव कम्पनीले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गर्ने निर्णय गरेको हो ।