दुर्घटनापछि घटे हवाई यात्रु र उडान संख्या

पोखरामा चालकदलका चार सदस्य र यात्रुसहित ७२ जनाको ज्यान जानेगरि यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि हवाई यात्रु निकै नै घटेका छन्। यात्रु मात्र घटेका छैनन की हवाई उडान संख्या पनि आधाको हाराहारीमा घटेको हवाई कम्पनिले बताएका छन्। झन्डै आधा संख्यामा यात्रु...

सम्बन्धित सामग्री

हवाई यात्रु संख्यामा वृद्धि

काठमाडौं । सन् २०२३ मा आन्तरिक र अन्तरराष्ट्रिय गन्तव्यमा उडान गर्ने यात्रुको संख्यामा वृद्धि देखिएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा आन्तरिकतर्फ उडान गर्ने यात्रुको संख्यामा ३७ दशमलव ४८ प्रतिशत र अन्तरराष्ट्रियतर्फ ४१ दशमलव शून्य ४ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को नोभेम्बरसम्ममा अर्थात् ११ महीनामा ७७ लाख ९४ हजार २१७ यात्रुले आन्तरिक उडान गरेका छन् । यही अवधिमा अन्तरराष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले उडान गरेका छन् । कोरोना महामारीअघिको वर्ष सन् २०१९ मा अन्तरराष्ट्रियतर्फ ४१ लाख ३८ हजार ४८२ यात्रुले उडान गरेका थिए । प्राधिकरणको तथ्यांकअनुसार नेपालबाट अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न १६ देशका ३३ ओटा अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तरराष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने यात्रुको संख्या बढेको हो ।  यसैगरी आन्तरिकतर्फ २१ ओटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति प्राप्त गरे पनि १९ ओटा कम्पनीले नियमित उडान गर्दै आएका छन् । यस्तै कुल ५५ ओटा विमानस्थलमध्ये ३५ ओटा विमानस्थल सञ्चालनमा छन् । सन् २०१९ देखि २०२१ सम्म भने कोरोना भाइरसका कारण सुस्त भएको उड्डयन क्षेत्र सन् २०२२ देखि लयमा फर्किन थालेको देखिएको छ ।

पोखरामा दिनकै चार हजार हवाई यात्रु

चाडपर्व बिदा र आन्तरिक पर्यटकीय मौसम भएकाले विदेशी पाहुनाको आगमन बढेको छ । विदेशी पर्यटक बढ्दा पोखरा–काठमाडौं–पोखरा हवाईयात्रामा यात्रु चापसमेत बढेको छ।यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला ह...

सडकको सास्तीले बढाउँदैछ हवाई यात्रु

१८ असार, काठमाडौं । काठमाडौंको ‘लाइफलाइन’ मानिने नारायणगढ–मुग्लिन सडक खण्डमा हरेक दिन दोहोरिने सास्तीका कारण यात्रुले विकल्पका रुपमा आकाशमार्ग रोज्न थालेका छन् । वायुसेवा कम्पनीहरुका अनुसार अहिले काठमाडौंबाट पोखरा र भरतपुर उडानमा यात्रुको चाप बढेको छ । यसो हुनुमा विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकमा यात्रुले पाइरहेको सास्ती मुख्य कारण हो । पछिल्लो […]

बढे हवाई यात्रु

काठमाडौँ, माघ १८ । अघिल्ला वर्षको तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले हवाई सेवा लिएका छन् । त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ यात्रुले ओहोर दोहोर गरेका छन् । […]

आन्तरिक हवाई यात्रु संख्यामा कीर्तिमान

१६ माघ, काठमाडौं । कोरोना भाइरसको महामारी कम भएसँगै आन्तरिक हवाई यात्रुको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार त्रिभुवन विमानस्थलबाट मात्र एक वर्षको अवधिमा ४४ लाख ६६ हजार १५२ जना यात्रुले उडान सेवा लिएका छन् । सन् २०२१ मा ३५ लाख ७६ हजार ८८३ जना यात्रुले यस विमानस्थलबाट […]

अन्तर्राष्ट्रिय हवाई यात्रु ७३.२७ प्रतिशत घटे

सन् २०२० मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा ७३.२७ प्रतिशतले कमी आएको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ५६३ जना हवाई यात्रु रहेकोमा २०२० मा यो संख्या ११ लाख ५ हजार ९२९ मा झरेको हो ।कोभिड–१९ का कारण पर्यटन आगमन प्रभावित हुनुका साथै विश्वभर नै पर्यटकीय गतिविधिमा मन्दी आएसँगै नेपालमा समेत त्यसको प्रत्यक्ष […]

कोभिड कहर : ७३ प्रतिशत घटे अन्तर्राष्ट्रिय हवाई यात्रु

काठमाडौं । कोभिड–१९ महामारीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको संख्या उल्लेख्य घटेको छ । अन्तरराष्ट्रियतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष (आव)मा हवाई यात्रु ७३ दशमलव २७ प्रतिशतले घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा अन्तरराष्ट्रिय उडानतर्फ हवाई यात्रु संख्या ४१ लाख ३८ हजार ५६३ थियो भने सन् २०२० मा यो संख्या ७ दशमलव २७ प्रतिशतले घटेर ११ लाख ५ हजार ९२९ मा सीमित रहेको छ । त्यसैगरी आन्तरिक उडानतर्फ पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४६ प्रतिशतले घटेको छ । सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९ दशमलव ४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ कायम भएको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठूला नोक्सानी बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आम्दानी अघिल्लो आवमा ४३ प्रतिशत र गत आवमा ७२ प्रतिशतले घटेको उल्लेख छ । २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसबाट प्राधिकरणको स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रम समेत प्रभावित भएको बताइएको छ । नेपाल सरकारको शेयर लगानी तथा दातृ निकायको ऋण सहयोगमा सञ्चालित विमानस्थल पूर्वाधार विकाससँग सम्बन्धित आयोजनामा पनि पटकपटकको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण अवरोध उत्पन्न भएको थियो । सम्पन्न हुने चरणमा रहेका आयोजना सोही कारण पछाडि धकेलिन पुगेको प्रतिवेदनमा उल्लेख छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उक्त वर्ष उल्लेख्य संख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएको थियो । तर कोभिडका कारण सो वर्ष हवाई तथा पर्यटन क्षेत्र धराशयी हुन पुगे । हाल मुलुकमा एकमात्र अन्तरराष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल) रहेको छ । थप दुई अन्तरराष्ट्रिय विमानस्थलहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रूपमा विकास गर्ने योजनाअनुरूप अन्तरराष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनको पुनर्निर्माण (रेनोभेसन) सम्बन्धी कार्य सम्पन्न भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ । हाल अन्तरराष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ ओटा विदेशी वायुसेवा गरी ३० ओटा वायुसेवाले १५ मुलुकको ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । यस्तै आन्तरिक उडानतर्फ ९ वायुसेवा र १० हेलिकोप्टर कम्पनीले सेवा दिइरहेका छन् । रासस

७३.२७ प्रतिशतले घटे हवाई यात्रु

अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा गएको दुई वर्षमा अधिकतम ७३.२७ प्रतिशतले यात्रु घट्न पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार गत सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान तर्फ कुल ४१ लाख ३८ हजार ५६३ जनाले हवाई यात्रा गरेकोमा सन् २०२० मा यस्तो संख्या अधिकतम ७३.२७ प्रतिशतले घट्न गई ११ लाख ५ हजार ९२९ मा झरेको हो ।यसैगरी आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१,८८,४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९.४६ प्रतिशतले घट्न गई १२, ९२, ५२१ कायम हुन पुगेको क्यानले जनाएको छ

भारतमा हवाई यात्रु बढ्न थाले

एजेन्सी। कोरोना संक्रमण दरमा गिरावट आउन थालेपछि भारतमा हवाई यात्रु बढ्न थालेका छन्। नागरिक उड्डयन मन्त्रालयले आइतबार जारी गरेको आँकडाअनुसार, शनिबार ८१९ उडान भएको र त्यसमा ५६,९०० यात्री आफ्नो गन्तव्यतर्फ गएका थिए। भारतमा कोरोनाका दोस्रो लहर तीव्र बनेसँगै सबैखाले यात्रामा कमी आएको थियो। केही साताअघि त्यहाँ एकैदिन चार लाखसम्म संक्रमित भेटिएका थिए। अहिले त्यो क्रममा कमी आएको छ।

भारतमा हवाई यात्रु बढ्न थाले

एजेन्सी। कोरोना संक्रमण दरमा गिरावट आउन थालेपछि भारतमा हवाई यात्रु बढ्न थालेका छन्। नागरिक उड्डयन मन्त्रालयले आइतबार जारी गरेको आँकडाअनुसार, शनिबार ८१९ उडान भएको र त्यसमा ५६,९०० यात्री आफ्नो गन्तव्यतर्फ गएका थिए। भारतमा कोरोनाका दोस्रो लहर तीव्र बनेसँगै सबैखाले यात्रामा कमी आएको थियो। केही साताअघि त्यहाँ एकैदिन चार लाखसम्म संक्रमित भेटिएका थिए। अहिले त्यो क्रममा कमी आएको छ।