आन्तरिक हवाई यात्रु संख्यामा कीर्तिमान

१६ माघ, काठमाडौं । कोरोना भाइरसको महामारी कम भएसँगै आन्तरिक हवाई यात्रुको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार त्रिभुवन विमानस्थलबाट मात्र एक वर्षको अवधिमा ४४ लाख ६६ हजार १५२ जना यात्रुले उडान सेवा लिएका छन् । सन् २०२१ मा ३५ लाख ७६ हजार ८८३ जना यात्रुले यस विमानस्थलबाट […]

सम्बन्धित सामग्री

आन्तरिक हवाई यात्रु वर्षदिनमा साढे २० लाख बढे

सन् २०२१ मा आन्तरिक हवाई यात्रुको संख्या बढेको छ । आन्तरिक उडानमा यात्रु संख्या बढेर ३५ लाख पुगेको हो । यो संख्या सन् २०२० को तुलनामा करिब साढे २० लाखले बढी हो भने सन् २०१५ यताकै उच्च हो ।सन् २०१५ मा १३ लाख ६० हजार, २०१६ मा १७ लाख ५७ हजार, २०१७ मा २४ लाख […]

नेपालगन्ज–पोखरा हवाइ उडानले पर्यटन व्यवसायी उत्साहित

निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगन्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिँदै लगिएको हो । लामो समयदेखि नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा ब्यापक रूपमा छलफल, बहस हुँदै आएपनि यसअघि कुनै पनि हवाई कम्पनीले व्यावसायिक उडान थालेका थिएनन् । उक्त मुद्दालाई अगाडि सार्दै आएको नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो । सीता एअरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर ग¥र्यो र बीचमै बन्द भयो । दुई वर्षअघि पनि बुद्ध र यती एयरलाइन्सले नेपालगन्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए, तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए । पर्यटन व्यवसायीको चर्को दबाब, यात्रुको मागका आधारमा अहिले बुद्ध एयरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको छ ।कम्पनीको १९ सिटे जहाजबाट तत्कालका लागि हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार उडान सुरु गरिए पनि गत आइतबारदेखि  दैनिक रूपमा उडान थालेको बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले बताए । नेपालगन्ज–पोखरा रुटमा यात्रुलाई आर्कषण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ । कोरोना महामारी कम हुँदै गएपछि उडान र ठूलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए । कोरोनाको यो महामारीमा पनि आन्तरिक हवाई यात्रु पर्याप्त बढेको एयरलाइन्स पदाधिकारी बताउँछन् । कोरोनाको सङ्क्रमणको त्रासले पनि अहिले जसोतसो हवाईजहाजमा यात्रा गर्न यात्रु तयार भएका छन् । अहिले नेपालगन्ज उडानमा भने बुद्धले सोचेभन्दा बढी सफलता हात पारेको उनको भनाइ छ । यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन् । नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै भएको बताए । सो रुटमा यसअघि निजीस्तरबाट नाटा बाँके च्याप्टरले चार्टर उडान गरेको स्मरण गर्दै आफूहरुले थालेको अभियानलाई साथ दिँदै बुद्ध एयरले व्यावसायिक उडान सुरु गरेको जानकारी दिए । रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्जलगायत पश्चिम क्षेत्रका पर्यटकीयस्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन् ।नेपालगन्ज नाका हुँदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटक सिधैँ नेपालगन्ज आउन चाहान्थे, त्यसका लागि यसअघि सिधा हवाई उडान नै थिएन । सिधा हवाई उडानका लागि विगतमा जनप्रतिनिधि, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीलगायतले पहल थाले पनि सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा अधुरै थियो ।  सिधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक भार पर्नुका साथै झन्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीयस्थलको प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । मुलुकको अग्रणी विमान कम्पनी बुद्ध एयरले पहिलो पटक व्यावसायिक उडान थालेपछि भने हवाई यात्रु, होटल व्यवसायी, पर्यटन व्यवसायी हर्षित भएका छन् ।विभिन्न सरोकारवाला निकायले आज पहिलो उडानमा पोखराबाट आएका यात्रुलाई स्वागत र नेपालगन्जबाट पोखरा उडेका यात्रुलाई भव्य रुपले बिदाइ गरेका थिए ।  उक्त रुटका यात्रुले धमाधम टिकट बुकिङ गरिरहेको कम्पनीले जनाएको छ । नेपालगन्ज–पोखरा उडानमा प्रतिव्यक्ति भाडा रु चार हजार ९९५, पाँच हजार ५६५ र सात हजार ६६५ तोकिएको छ ।यसका साथै नेपालगन्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउनेजाने भाडा, दुई रात बास, नास्ता र विमास्थल–होटलसम्म यातायातको व्यवस्थासहित रु ११ हजार र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित रु १३ हजार ९०० प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।

६ महिनामा १२ लाख आन्तरिक हवाई यात्रु

कोभिड महामारीबीच आन्तरिक हवाई यात्रुहरू उल्लेख्य बढेका छन् । सन् २०२१ को पहिलो ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १२ लाख १० हजार यात्रुले मुलुकका विभिन्न गन्तव्यमा यात्रा गरेका छन् । उक्त...

मार्चमा इतिहासकै धेरै आन्तरिक हवाई यात्रु

नेपालको आन्तरिक उडानमा कोरोनाको असर सकिएको छ । मार्च महिनामा इतिहासकै धेरै हवाई यात्रुले विभिन्न