कोभिड कहर : ७३ प्रतिशत घटे अन्तर्राष्ट्रिय हवाई यात्रु

काठमाडौं । कोभिड–१९ महामारीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको संख्या उल्लेख्य घटेको छ । अन्तरराष्ट्रियतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष (आव)मा हवाई यात्रु ७३ दशमलव २७ प्रतिशतले घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा अन्तरराष्ट्रिय उडानतर्फ हवाई यात्रु संख्या ४१ लाख ३८ हजार ५६३ थियो भने सन् २०२० मा यो संख्या ७ दशमलव २७ प्रतिशतले घटेर ११ लाख ५ हजार ९२९ मा सीमित रहेको छ । त्यसैगरी आन्तरिक उडानतर्फ पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४६ प्रतिशतले घटेको छ । सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९ दशमलव ४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ कायम भएको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठूला नोक्सानी बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आम्दानी अघिल्लो आवमा ४३ प्रतिशत र गत आवमा ७२ प्रतिशतले घटेको उल्लेख छ । २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसबाट प्राधिकरणको स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रम समेत प्रभावित भएको बताइएको छ । नेपाल सरकारको शेयर लगानी तथा दातृ निकायको ऋण सहयोगमा सञ्चालित विमानस्थल पूर्वाधार विकाससँग सम्बन्धित आयोजनामा पनि पटकपटकको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण अवरोध उत्पन्न भएको थियो । सम्पन्न हुने चरणमा रहेका आयोजना सोही कारण पछाडि धकेलिन पुगेको प्रतिवेदनमा उल्लेख छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उक्त वर्ष उल्लेख्य संख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएको थियो । तर कोभिडका कारण सो वर्ष हवाई तथा पर्यटन क्षेत्र धराशयी हुन पुगे । हाल मुलुकमा एकमात्र अन्तरराष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल) रहेको छ । थप दुई अन्तरराष्ट्रिय विमानस्थलहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रूपमा विकास गर्ने योजनाअनुरूप अन्तरराष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनको पुनर्निर्माण (रेनोभेसन) सम्बन्धी कार्य सम्पन्न भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ । हाल अन्तरराष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ ओटा विदेशी वायुसेवा गरी ३० ओटा वायुसेवाले १५ मुलुकको ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । यस्तै आन्तरिक उडानतर्फ ९ वायुसेवा र १० हेलिकोप्टर कम्पनीले सेवा दिइरहेका छन् । रासस

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी

काठमाडौँ- मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाई यात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्र...

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी

काठमाडौँ- मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाई यात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्र...

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी

मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्।

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी

काठमाडौँ । मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाई यात्रा गरेका थिए । जुन अघिल्लो […]

कोभिडकै बीच १४ लाख ४३ हजार अन्तर्राष्ट्रिय हवाई यात्रु

कोभिड महामारीको त्रास कम हुँदै गएपछि सन् २०२१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १४ लाख ४३ हजार सात सय ४९ अन्तर्राष्ट्रिय यात्रुले हवाई यात्रा गरेका छन् । एक वर्षमा ११ हजार...

अन्तर्राष्ट्रिय हवाई यात्रु ७३.२७ प्रतिशत घटे

सन् २०२० मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा ७३.२७ प्रतिशतले कमी आएको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ५६३ जना हवाई यात्रु रहेकोमा २०२० मा यो संख्या ११ लाख ५ हजार ९२९ मा झरेको हो ।कोभिड–१९ का कारण पर्यटन आगमन प्रभावित हुनुका साथै विश्वभर नै पर्यटकीय गतिविधिमा मन्दी आएसँगै नेपालमा समेत त्यसको प्रत्यक्ष […]

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड-१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ।

अन्तर्राष्ट्रिय हवाई यात्रु घटे, आन्तरिक बढे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्ममा अन्तर्राष्ट्रियतर्फ ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्बरसम्म ४१ लाख हवाई यात्रुले सेवा लिने देखिन्छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रु बढे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने र बाहिरिने हवाई यात्रुको संख्या ८ प्रतिशतले वृद्धि भएको छ। त्रिभुवन

अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे

विश्वभर हवाई यात्रुको संख्यामा ६.५ प्रतिशतले वृद्धि हुँदा नेपालको भने ९.६३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ जनवरीदेखि अक्टोबरसम्म १० महिनाको तुलनामा २०१७ मा ९.६३ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २०१७ को १० महिनामा अन्तर्राष्ट्रियतर्फ ३१ लाख ११ हजार सय ६३ हवाई यात्रुलाई सेवा दिइएको प्राधिकरणले जनाएको छ ।