अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा गएको दुई वर्षमा अधिकतम ७३.२७ प्रतिशतले यात्रु घट्न पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार गत सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान तर्फ कुल ४१ लाख ३८ हजार ५६३ जनाले हवाई यात्रा गरेकोमा सन् २०२० मा यस्तो संख्या अधिकतम ७३.२७ प्रतिशतले घट्न गई ११ लाख ५ हजार ९२९ मा झरेको हो ।यसैगरी आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१,८८,४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९.४६ प्रतिशतले घट्न गई १२, ९२, ५२१ कायम हुन पुगेको क्यानले जनाएको छ