२१ कात्तिक, काभ्रे । काभ्रे–१ का प्रतिनिधिसभा उम्मेदवार हिजोआज डाँडापारी क्षेत्रमा केन्द्रित छन् । जिल्लाको ग्रामीण र विकट क्षेत्र पनि रहेको यो निर्वाचन क्षेत्रमा दलहरुले दुर्गम क्षेत्रबाट चुनाव प्रचार प्रसार सुरु गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारसहित घरदैलो अन्तिम चरणमा पुर्याएका छन् । […]