काभ्रे–१ मा सूर्यमान दोङको अग्रता

प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे–१ बाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले अग्रता बनाएका छन् । दोङले २५ हजार १४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम लामाले २४ हजार १३७ मत ल्याएर पछ्याइरहेका छन् । दोङले १ हजार ८ मतको अग्रता बनाएका छन् ।

सम्बन्धित सामग्री

काभ्रे १ को मतगणना : संघमा गठबन्धन उम्मेदवारलाई उछिन्दै एमाले अघि लाग्यो

काभ्रे : जिल्लामा संघ र प्रदेश सभा दुवैतिरको मतगणना भइरहेको छ। पछिल्ला मतगणनामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार अघि लागेका छन्।अहिलेसम्म काभ्रे–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले ५ हजार २०१ र एमालेका उम्मेदवार रेशम लामाले ५ हजार ३८२ मत प्राप्त गरेका छन्। लामाले १८१ मतले अग्रता लिएको हो।प्रदेशमा गठबन्धनकै अग्रता कायमकाभ्रे–१ को प्रदेशसभा (क) तर्फ माओवादी केन्द्रका रत्न ढकालले ७ हजार २५० र एमालेका दिलिप तामाङले ४ हजार ९७८ मत प्राप्त ग

काभ्रे-१ काे प्रतिनिधि र प्रदेश सभामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर

काभ्रे । काभ्रे क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ लालध्वजले अग्रता कायम गर्नुभएको छ । बुधबार बिहानसम्म लालध्वजले ४ हजार ९ सय ५१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ४ हजार ८ सय ५० मत प्राप्त गर्दै पछ्याइरहनुभएकाे […]

काभ्रे-१ मा अघि लागे एमालेका रेशम लामा

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार रेशम लामा अघि लागेका छन् । सुरुवातीदेखि अग्रता कायम गर्दै आएका सत्तारुढ गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ २ सय ८१ मतले पछि परेका छन् ।