नेपाली काँग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको घोषणा गरेको छ । बिहीबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन् ।काँग्रेस वैशाख १९ गते विज्ञप्ति जारी गरी बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका अधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो । उक्त आग्रह अस्वीकार गरे