सर्लाहीमा गठबन्धनविरुद्ध छोरीलाई उम्मेदवार बनाएका शिवपूजन पार्टीबाट निष्कासित

जनकपुरधाम – सर्लाही क्षेत्र नं ४ मा पाँचदलीय गठबन्धनविरुद्ध छोरीलाई उम्मेदवार बनाएका माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य शिवपूजन यादव पार्टीबाट निष्कासित भएका छन्। माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेश साहले बिहीबार विज्ञप्ति जारी गर्दै यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाए। गठबन्धनका उम्मेदवारविरुद्ध यादवले बागी उम्मेदवारी दिएका उम्मेदवारको चुनावी प्रचारमा गएको र […]